सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपद जोखिम न्यूनिकरण दिवस धनगढीमा सुरु

२०७६ असोज २६, १०:३३ कमल सावद

अन्तराष्ट्रिय विपद जोखिम न्यूनिकरण दिवसको अवसरमा धनगढीमा सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ। ‘अत्यावश्यक पूर्वाधारमा विपदबाट हुने क्षति घटाऔं, आधारभुत सेवा प्रवाह रोकिनबाट जोगाऔ’ भन्ने नाराका साथ एक साता भरी विभिन्न कार्यक्रम गरिने जनाइएको छ। सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा काूुन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कैलाली, धनगढी उप–महानगरपालिकाको संयुक्त आयोजनामा आज धनगढीको ट्राफिक चौराहदेखि आन्तरिक मामिला तथा कानून मन्त्रालयसम्म प्रभातफेरी गरिएको छ। 

प्रभातफेरीमा प्रदेशका विभिन्न मन्त्रालयका सचिव, कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक सुदिप गिरी, विभिन्न कार्यालयका कर्मचारी, संघ÷संस्थाका प्रतिनिधी, सञ्चारकर्मी, विद्यार्थी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो। दिवसलाई सप्ताहव्यापी सञ्चालन गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालय र कैलाली जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई समन्वय तथा नेतृत्वको जिम्मेवारी दिइएको छ।
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस