सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिनियाँ राष्ट्रपति सी र देउवाबीच भेटवार्ता

२०७६ असोज २६, ११:१९ खबर संवाददाता

चिनियाँ राष्ट्रपति सी चिनपिङ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। नेपालको दुई दिने राजकीय भ्रमणमा शनिबार अपरान्ह् नेपाल आएका सी र देउवाबीच होटल सोल्टीमा भेटवार्ता भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्तापछि साँझ दुई नेताबीच वान टु वान वार्ता भएको स्रोतले जनायो। देउवाले बीपी कोइरालाका पालादेखि नै चिनियाँ कम्युनिस्ट पार्टी र चीनसँग कांग्रेसको सम्बन्ध सौहार्द रहँदै आएको उल्लेख गरेका छन्।

चीनले नेपालको पूर्वाधार विकासमा गर्दै आएको सहयोगको प्रशंसा गर्दै देउवाले आर्थिक रुपमा विश्वकै उदयीमान मुलुक चीनबाट नेपालको विकासमा थप लगानीका लागि आग्रह गरेका थिए। साथै देउवाले एक चीन नीतिमा नेपाल र आफ्नो पार्टी प्रतिवद्ध रहेको र नेपालमा चीनविरुद्ध हुने कुनै पनि गतिविधि आफूहरुलाई स्वीकार्य नहुने धारणा राखेका छन्। 
 

कमेन्ट लोड गर्नुस