सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्व मन्त्री चोखालको स्मृती दिवस मनाईयो

२०७६ असोज २५, ०७:१७ खबर संवाददाता

पूर्व मन्त्री स्वर्गीय टेकबहादुर चोखालको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ। टेकबहादुर चोखाल स्मृति प्रतिष्ठान धनगढीले दिवसका अवसरमा बृहत रक्तदान तथा आमाको माया छात्रबासलाई खाद्यान्न वितरण गरेको छ। प्रतिष्ठानका अध्यक्ष विनय चोखालको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह (मनु) प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड, उपप्रमुख शुसिला मिश्र भट्ट, टेकबहादुरकी धर्म पत्नी कल्पनादेवी चोखाल लगायतको उपस्थिति रहेको थियो। कांग्रेस सभापति शाहले स्वर्गिय टेकबहादुर चोखाल निर्धाको नेता भएको बताए। चोखालले जहिले पनि कमजोर बर्ग, समुदाय र व्यक्तिका पक्षमा बोल्दै आएको उनले स्मरण गरे। यस्तै रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन्। अध्यक्ष विनयले चाडवाडमा कतैबाट पनि रक्तदान कार्यक्रम नभएकोले रगतको अभाव हुन नदिन सो कार्यक्रम गरिएको बताए। 

स्मृति दिवसको अवसरमा आमाको माया छात्रवासमा दुई कठ्ठा चामल, चिउरा, तेल, फलफूल लगायत गरि १० हजार रुपैया वरावरको खाद्यान्न सामाग्री वितरण गरिएको छ। २०४८ सालमा कैलाली क्षेत्र नं ४ बाट निर्वाचित नेता चोखाल नेपाली कांग्रेसका सचेतक पनि बनेका थिए। २०५१ सालको मध्यावती निर्वाचनका सोही निर्वाचन क्षेत्रबाट पराजित भएका थिए। २०५६ सालमा पुनः निर्वाचित चोखाल कानुन मन्त्री बनेका थिए। २०६३ सालका ह्दयघातका कारण नेता चोखालको मृत्यु भएको थियो।

कमेन्ट लोड गर्नुस