सुदूर नेपाललाई विश्वसँग जोड्दै

नव दुर्गा महिमा (कविता)

२०७६ असोज २५, ०६:५२

भक्त बहादुर बलायर 
१) चाडपर्व आधारित चन्द्र सौर्य मास ।
   शारदीय नवरात्री चन्द्रमास खास ।।
२) आदिकालमा नवरात्री चारवटा थिए । 
   माघ शुक्ल आषाढ शुक्ल दुवै छुट्दै गए ।।
३) चैत्र शुक्ल आश्विन शुक्ल अस्तित्वमा रहे । 
   दुवै पक्ष चैत्र आश्विन राष्ट्र पर्व भए ।।
४) चैत्र र शारदी शुक्ल व्रत पूजा गर्छन् ।     
    देवीका मन्दिर पीठ दर्शन मेला गर्छन् ।। 
५) आश्विनको शुक्ल पक्ष प्रतिपदा बाट । 
  दशमी मिरमिरेसम्म नवरात्री रात ।। 
६) दशमी विजया दशैं जमरा लगाउने । 
   ठूलावाट आशिष लिई सदभाव जगाउने ।।
७) ठूलाका हातको टीका जमरा लगाई । 
   दक्षिणा फलपूmल भोजन मिष्टान्न चखाई ।। 
८) मान्यजनको टिका थाप्छन् कोजाग्रतसम्म । 
   नेपालीले दशै मान्छन् पन्ध्र दिन टन्न ।। 
९) शैलपुत्री पहिलो पूजा व्रहमचारिणी दोस्रो । 
   चन्द्रघण्टा पूजा गर्छन भक्तिसाथ तेस्रो ।। 
१०) कुष्माण्डा चौथो दिन स्कन्दमाता पाँचौं ।
     छैटौ देवी कात्यायनी आशिष दीर्घ बाँचांै ।।
११) सातौं देवी कालरात्री महागौरी आठौंं ।
    ठूलाका हातको टिका सदभाव बाटौं ।। 
१२) सिद्घि दिने सिद्घिदात्री देवी हुन नवौं । 
    नवै देवी जगदम्वा हृदयमा जपांंै ।। 

१२) घटस्थापना पहिलो दिन फुलपाती सातौं । 
    देवी स्थान पाठ पूजा बली वेदी आठौ ।। 
१३) बली पूजा पशु होईन काम मोह लोभ । 
    अहंकार यिन्को बलि पाँचौ बली क्रोध ।।
 १४) देबलीाई देवीका सन्तान पशुपंछिहरु । 
     नगरौ जीवको हत्या फलपूmल बरु ।। 
१५) नवरात्री शक्तिपिठको दर्शन पूजा आजा । 
    चण्डीपाठ सप्तसती जात्रा बजाई बाजा ।। 
घटस्थापना (पहिलो दिन )
१६) आश्विन शुक्ल प्रतिपदा घटस्थापना गर्छन् । 
    आफ्नो घर साझा घरमा जमरालाई छर्छन् ।। 
१७) माटोको घटमा पानी भरि कलस थापी । 
    भगवतीको आराधाना भूलचुक माफी ।। 
१८) पूजाकोठा गोवरमाटो लिपि पोती गरी । 
     शुद्ध माटो कोठा ल्याई जौका जमरा छरी ।। 
१९) पहिलो दिनमा  शैलपुत्री पर्वतराजकी छोरी ।
    पार्वती शैलिकी पुत्री यिनै महागौरी ।। 
२०) पर्वतराज हिमालपुत्री शैलपुत्री भयो ।  
    सम्पूर्ण शक्तिको स्रोत शक्तिरुपा रहयो ।। 
२१) शक्तिको रुपमा लिन्छन् शैलपुत्री लाई । 
    दुई वर्षकी कन्या पूजा पूजाघर आई ।। 
२२) दुई वर्षकी कन्या पूजा कुमारीका नाउँमा । 
    एक सय आठ चोटी जप पूजा गर्ने ठाउँमा ।। 
२३) शैलपुत्री पूजा गरे धनधान्य मोक्ष । 
    आरोग्य सौभाग्य मिल्छ पूर्ण हुन्छ लक्ष्य ।। 

२४) वैज्ञानिक रुपमा देवी शक्ति रुपा मान्छन् । 
     सम्पूर्ण शक्तिको स्रोत शैलपुत्री ठान्छन् ।। 
दोस्रो दिन 
२५) जमरामा दोस्रो दिन जल सेचन गरि । 
     गणेश् कलस् पूजा बत्ती वास्ना कोठाभरि ।। 
२६) ब्रह्मचारीणी भवानीको पूजा दुर्गा माता । 
    सप्तसती चण्डीपाठ भवानीको गाथा ।। 
२७) पहिलो दिनको जस्तै गणेश पूजा गरि । 
    स्नान गरि पूजा आजा नवरात्री भरि ।। 
२८) व्रह्मको आचारण गरि कठोर तप गरि ।
    आभूषण धारण गरि शिर्मा चन्द्र धारी ।। 
२९) अर्धचन्द्र सुहाएको शिरमाथि टल्कि । 
     जोज्वल्य मुहार धप्प आभूषण झल्कि ।। 
३०) व्रह्माको आचारण गर्दा व्रहमचारीणी रहयो । 
    पर्वतकी छोरी हुँदा पार्वती नाम भयो ।। 
३१) हिमालयकी कन्या जन्मिन् शिव पति पाउन । 
    तपस्यामा लीन भइन् शिवमा भक्ति लाउन ।। 
३२) आयुवृद्धि पूजा गर्दा शक्ति सुख शान्ति ।
    दाम्पत्य जीवन सफल मुखमा वढ्छ कान्ति ।। 
३३) वैज्ञानिक दृष्टिवाट आकर्षण मुर्ति ।
    चुम्वकीय शक्ति रुपा सौभाग्यको पुर्ति ।। 
३४) तीन वर्षकी कन्या पूजा त्रिमूर्तिको नाउँमा । 
     कुमारीको पूजा गर्छन जमरा राख्ने ठाउँमा ।।
३६) काँगियो कपडा श्रृंगार टीका धागो चुरा । 
    चोलाको कपडा सँगै अन्य श्रृंगार कुरा ।। 

३७) एकाग्र लगाई चित्त निरो चोखो रहि । 
    देवीको पुजन गर्छन् एक चित्त भई ।। 
तेस्रो दिन 
३८) तेस्रो दिन चन्द्रधण्टा पूजा पाठ गर्छन् । 
  जमरामा शुद्ध जल सर्व प्रथम छर्छन् ।। 
३९) गणेश कलसको पूजा अन्य दिनको जस्तै । 
     मगमग वास्ना आउने पूजाकोठा पस्तै ।।
४१) देवीको मस्तकमा ठयाक्कै घण्टी जस्तै आकार । 
    मस्तकको घण्टाले नाउँ चन्द्रा घंण्टा साकार ।। 
४२) चन्द्रा घण्टा नाम रह्यो मस्तकमा घण्टा । 
    अर्ध चन्द्र घंटी आकार तबै चन्द्रघण्टा ।। 
४३) कल्याणी देवीको रुपमा चार वर्षकी बाला । 
     ध्वनि शक्ति स्वरुपालाई पैह्राई पूmलको माला ।। 
४४) वैज्ञानिक दृष्टिवाट ध्वनि शक्ति स्वरुप ।
     देवीको पुजन गर्दा सन्तान हुन्नन कुरुप ।। 
४५) ऐना सिंदूर गाजल आदि सामाग्री चाहिन्छ । 
     शुद्ध मनको अर्पणले फल छिटो पाईन्छ ।। 
चौथो दिन 
४६) सधैजस्तै धुपबत्ती जमरामा पानी । 
    देवीको पुजन हुन्छ कुष्माण्डा हुन जानी ।। 
४७) कुष्माण्डा स्वरुप माता नवदुर्गा भवानी । 
     रोग नास्छन दुर्गा माता झन् स्वस्थ्य जवानी ।।
४८) व्रह्माण्ड उत्पत्ति गरिन् व्रह्माण्डको पूर्व । 
     हास्यवाट व्रह्माण्डका सृष्टि भए ध्रुव ।। 
४९) कुस्माण्डा माताको भक्ति रोग शोक नष्ट । 
     आयु, यश बलको वृद्धि शरिर वन्छ पुस्ट ।।
५०) वैज्ञानिक दृष्टिवाट रासायनिक शक्ति । 
     सुस्वास्थ्य दीर्धायु हुन्छ देवी गरे भक्ति ।। 
५१) रासायनीक शक्ति रुपा रोहिणी भवानी ।
    पाँच वर्षकी कन्या पूजा रोहिणी रुप ठानी ।। 
५२) कचौरामा मधुपर्क,मह,दही चढाई । 
    पूजा गर्दा दीर्धजीवी अझ आयू वढाई ।। 
पाँचौ दिन 
५३ ) स्कन्दमाताको पूजा पाँचौ दिनमा गर्छन् । 
     सधैं जस्तै धुप बत्ती जमरा पानी छर्छन् ।। 
५४) कार्तिकेय कुमारको स्क्न्द नाम पनि । 
     पार्वतीलाई बोलाउँछन स्कन्दमाता भनि । 
५५)  शिव र पार्वती पुत्र कुमारको नाउँ । 
      कार्तिकेय र स्कन्द हो कैलास बस्ने ठाउँ ।।
५६) स्कन्दमाताको पूजा जसले जसले गर्छन । 
     इच्छा पूर्ति पूर्ण हुन्छसबैसुखमा पर्छन ।। 
५७) छ वर्षकी कन्या पूजा कालिकाो नाउँमा ।
     साडी वस्त्र ओड्ने चढाई पूजा गर्ने ठाउँमा ।। 
५८) वैज्ञानिक दृष्टिवाट आकर्षण भक्ति 
      देवीको पूजन गर्दा मिल्छ पूर्ण शक्ति ।।
छैटौं दिन 
५९) छैटौ दिन कात्यायनी नव दुर्गा भवानी । 
    आराधना पूजाआजा शक्ति रुपा जानी ।। 
६०) कृत नामका महर्षिका पुत्र कात्य भए । 
     उनकै गोत्र कात्यायन ऋषि जन्मि गए ।।
६१) कात्यायनले तप गर्दा कात्यायनी जन्मिन् । 
    महिषासुर वध गरि महाशक्ति बनिन् ।। 
६२) महिषासुरको मर्दन महिषासुर मर्दिनी । 
    कात्यायनी नवदुर्गा धनधान्य वर्धिनी ।।
६३) गोपनीले पूजा गरिन् कृष्ण पति पाउन । 
     गोपनी एक जुट हुन्थिन् आराधना लाउन ।। 
६४) कात्यायनी पूजा गरे विवाह छिटो हुन्छ । 
     सुयोग्य मिलेर जोडा जीवन सुखी बन्छ ।। 
६५) धर्म अर्थ, काम मोक्ष शीध्र प्राप्त हुन्छ । 
     वाणीको प्रभाव वढ्छ  सवले कुरा सुन्छ ।। 
६६)  वैज्ञानिक दृष्टिवाट व्रह्माण्डीय शक्ति । 
      वैभव समृद्धि बढ्छ जसले गर्छ भक्ति ।। 
६७) सम्पूर्ण शक्तिको स्वरुप कात्यायनीलाई मान्छन् । 
     मान्छेमा उर्जाको वृद्धि शक्ति स्वरुप ठान्छन्  ।।
६८)  सात वर्षकी कन्या पूजा चण्डिकाको रुप । 
     अलंकार श्रृंगार गरि बाल्छन् बत्ती धुप ।। 
६९) अलंकार गहनाले ढकमक्क पारी ।
  चोली चुन्नि चुरा धागो पैह्राई रातो सारी ।। 
७०) देवीको पुजन हुन्छ श्रद्धा भक्ति साथ । 
     देवीको आशिष माग्छन् पाउमा राखि माथ । 
७१) चण्डिका नामले पूजा आराधना गरी । 
     देबीले सुख शान्ति दिन्छिन् सबका दुःख हरी ।। 
फुलपाती ( सातौ दिन ) 
७२) सातौ दिनमा कालरात्री स्वरुपा भवानी । 
    भवानीको पूजा हुन्छ शाम्भवी हुन् ठानी ।। 
७३) कालरात्री भवानीका आँखा राता काला । 
    कालो रुप जीउ ठूलो घाँटी मुण्ड माला ।। 

७४)  शिरका केश पैmलिएका तीनै नेत्र ठूला । 
     अर्धचन्द्र मस्तकमा केश सबै खुला ।। 
७५) मानवको रक्षाको लागि काली रुप धारी । 
    व्रहमाण्डमा सुख शान्ति दुष्टहरु मारी ।। 
७६) कालीको श्रृद्धा र भक्ति डरवाट मुक्ति । 
     आउँदैन विपति कैले यिन्मा लाए भक्ति ।। 
७७)  पूmलपाती भित्रयाउँछन् सबै दशै घर कोठा । 
      केरा दारिम कुचु असो माने धानका वोटा ।। 
७८)  हलेदो वेलपत्र हाँगो अशो र जयन्ति ।
     दशैघर पूmलपाती ल्याउँछन् गरि गन्ति ।।
७९  कालरात्री देबलीाई राता राता फुल । 
     पूmलपाती भित्र ल्याउँछन् वाँधी रातो तुल ।। 
८०) राज्यले पूmलपाती ल्याउँछ गोरखा दरवारवाट ।
     गाजाबाजा  बढाई  गर्दै जन्ती जस्तै छाँट ।।
८१) पूmलतपातीको साईत हेरि फुलपातीलाई ल्याउँछन  ।
  पूmलपाती  भित्रयाउने वेला मंगल राग गाउँछन ।। 
८२) वैज्ञानिक दृष्टिवाट प्रसारण शक्ति 
    प्रसारण शक्ति रुपको गर्छन् निकै भक्ति ।।
८३) आठ वर्षकी कन्यालाई शाम्भवीका नामले ।
     देबीले वरदान दिन्छन भक्तजन्का कामले ।। 
महाअष्टमी (आठौ दिन)
८४) आठौ दिन महागौरी भवानीको पूजा । 
     हतियार सुसज्जित देवी माँ का भुजा ।। 
८५) महागौरी स्वरुपाको पूजा आठौ दिनमा । 
     जलसेचन जमरामा धुप त्यहि छिनमा ।। 
८६) भवानीले आठ वर्षमा कठोर तप लिईन । 
    सानैमा तपस्या गर्दा निकै काली भईन् ।। 
८७) साक्षात शिवले आपैm गंगाजल ल्याए । 
     गौरीलाई स्नान गर्दा गोरो रुप पाए ।। 
८८) शिवले गराउँदा स्थान गोरो रुप भयो । 
     स्थान गरि गोरो रुप महागौरी रहयो ।। 
८९) महादेव काली रुपमा प्रकट भद्रकाली । 
     शिव प्रकट भद्रकाली रुपमा महाकाली ।।
९०)  सतीदेवी प्राण त्याग्दा महादेव क्रोधित भए ।
      महादेव कालीरुपमा भद्रकाली भए ।। 
९१) महागौरी पुजन सँगै भद्रकाली पूजा । 
     हतियार पूजा हुन्छ सम्झि देवी भूजा ।। 
९२) त्यसै दिन पूजा पछि बली दिने गर्छन् । 
     देबीलाई बली भनि पशुपंछी मार्छन् ।। 
९३) बली भन्नु पशु पंछि बली कैले होईन ।
     मातालाई सन्तानको बली दिनु उचित छैन ।। 
९४) बली दिनु मानिसको काम मद लोभ । 
    अहंकारको बली गरौ जो हुन मोह क्रोघ ।। 
९५) दुगुर्ण सम्पूर्ण आफ्ना देवी अपर्ण गरौं । 
     नगरौ प्राणीको हत्या सद्भाव भरांै ।। 
९६) बलीलाई पशु बली रुपमा चलायो । 
     महिसासुरको रुप राङोमा पलायो ।। 
९७) महिसासुर राङो सम्झे वोकालाई दक्ष । 
     महिसासुर दक्ष संझि बली देवी पक्ष ।। 
९८) मानवका दुर्गुणलाई देवी चरण राखौ । 
    दुर्गुण त्याग्नको लागि पूर्ण शक्ति मागौ ।। 

९९) पशुबली चलन चल्यो बली भन्दा सुनि । 
    त्यसैलाई अंगाल्न पुगे ज्ञानी व्यक्ति पनि ।। 
१००) महिषासुर राङो सम्झे दक्षलाई बोका । 
     महिसासुर पशुवृत्ति उल्टो सम्झि धोका ।। 
१०१) सतिले दक्षको अग्नि कुण्ड हाम फालिन् । 
     पतिको अपमान सुन्दा आफ्नो प्राण हालिन् ।। 
१०२) शिवगण वलभद्र रिसले आगो भए । 
    दक्षको शिरको छेदन अरुलाई मार्दैै गए ।। 
१०३) दक्षको अग्निका कुण्ड टाउको वलि गैथ्यो । 
     दक्षको लडेको देह टाउको रहित भैग्यो ।।
१०४) दक्षलाई प्राण हाल्न बोका टाउको जोड्यो । 
   वोकालाई दक्ष रुप सम्झी चलन उल्टो मोड्यो ।। 
१०५) हेमराज भट्टराई गर्छन पशुबलीको विरोध । 
     फल बली चढाउ हामी जीव बलीको निरोध ।।
१०६) पाचाङ्कका अध्यक्ष र केही पंडित पनि ।
      पशु बली किन रोक्ने रीति खण्डित वनि ।।
१०७) पशुको जीवको मुक्ति उच्च जुनी पाउँछन । 
      बली दिंदा पशुपंछि नवजिवन आउँछन ।। 
१०८) पशुपंछीको उद्धार हो नविन जुनि मिल्छ ।
      पशुवाट माथि जुनी नयाँ जीवन खिल्छ ।। 
१०९) आफ्ना आफ्ना तर्क दिन्छन बली खोज्नेहरु ।
     मातालाई पुत्रको बली भन्छन रोक्नेहरु ।। 
१०५) बोका राङा कुखुरा भैm परेवा र हाँस । 
     माताका नाममा सन्तान किन गर्छन नास ।। 

१०६) कुभिण्डो, घिरौला काँक्रो फलको बली दिऔ । 
     मातालाई सन्तानको बली अलि सोचि लिऔ ।। 
१०७) मासु खानोस् इच्छा भए आफ्नो नै नामले ।
     नगरौ पशुपंछि बली देवीका कामले ।। 
१०८) जनावर स्वरुप बनाई फलको बलि दिऔ । 
      जीवको बलीको वारे अलि सोची लिऔ ।।
१०९) रुद्रयामलमा भगवतीको आस्था पूजा अनि ।  
     ब्राहमण हुन् सतमार्ग हिड्ने अन्य जाति पनि ।।
११०) ब्रहम जान्ने ब्राह्मण ज्ञानवान ज्ञानी ।
      कर्मले ब्राह्मण वन्छन सत्य तथ्य जानी ।। 
१११) जन्मैवाट व्राह्मण शुद्र कुनै मानव हुन्न । 
      शुद्धकर्म उच्चकार्य ज्ञान ब्राह्मण बन्न ।। 
११२) उचनिच कोही छैन कामले जनाउँछ । 
      उचनिच भेदभाव मानिसले बनाउँछ ।। 
११३) ब्रह्म जान्ने मानवले वेलको बली दिनु ।
      नपाए वेलको बलि कुभिण्डोलाई लिनु ।। 
११४) अष्टमीमा नौ वर्षकी कन्या दुर्गा देवी ।
      दुर्गा देवी नामले पूजा बनाई देवी वेदी ।। 
११५) देवीको वाहन सिंहको विधिवत पूजा । 
      नौ वटा हतियारको पनि सके गर्नु पूजा ।।
११६) सिंह पूजा हतियार पूजा विधिवत गर्नु । 
      हतियारमा टीका लगाई पूmल अक्षता छर्नु । 
महानवमी ( नवौ दिन)
११७)  नवौ दिनमा सिद्धिदात्री स्वरुपा हुन दुर्गा ।
      रत्न जडित आभुषण धागो डोरी पूmर्का ।। 

११८) देवीको सम्पूर्ण अंग दिव्य कान्तीयुक्त । 
      मुहारमा ज्योति पुन्ज कलेश राग मुक्त ।। 
११९) अमूल्य आभुषण रत्न चार भुजा भएकी । 
     सिंह एवं कमल आसन विराजमान रहेकी ।। 
१२०) देवीको अर्चना पूजा सर्वसिद्धि मिल्छ ।
     देवीको आशिषवाट पूर्ण जीवन खिल्छ ।। 
१२१) देवी भागवत वर्णन गर्छ शिवले सिद्धि पाए । 
      भवानीको पूजा आजा पूर्ण भक्ति लाए ।। 
१२२) सम्पूर्ण शक्तिको आर्जन शिवले पूजा गरि । 
     भक्ति गर्ने शक्ति पाउँछ नवरात्री भरि ।। 

१२३) अर्धनारीश्वर शिव अति प्रख्यात छन् । 
     शिवमा शिव र शक्ति तिनै देवी हुन् ।। 
१२४) सुगन्धित राता पूmल देवी मन पर्ने । 
     नरिवल  मिठा पक्वान देबलीाई चढ्ने ।। 
१२५) वैज्ञानिक दृष्टिवाट प्रकाश शक्ति रुप ।
      देवीको समिप वाल्छन सुगन्धित धुप ।। 
१२६) शुरु कन्या नपुज्नेले नौ कन्या पुज्छन् । 
      नौ कन्या नौ दुर्गा माता एकै रुप वुभ्mछन् ।। 
१२७) विश्वकर्मा कलकारखाना मेशिन पूजा वाहन । 
     हात्ती घोडा गाडी पूजा नवमीको महान ।। 
१२८) त्यै दिन भगवान विष्णु बुद्ध अवतार भए । 
     विश्वमा शान्तिको सन्देश सबमा छर्दै गए ।।
१२९) चण्डिपाठ विधिवत पूजा जसले गर्छन्  । 
      शत्रु जिति राज्य प्राप्ती आनन्दमा पर्छन् ।।
१३०) भवानी दुर्गाको पूजा विधि पुर्वक गर्दा । 
      देवीले उद्धार गर्छिन् विपत्तिमा पर्दा ।। 
१३१) देवीभागवत उल्लेख गर्छ चिताएको पुग्छ । 
      मोक्ष प्राप्ति दुःख नाश जस्ले दुर्गा पुज्छ ।। 
१३२) मार्कण्डेय पुराणमा पनि मधुकैटभ आदि । 
      देवीले विजय गरिन् धुम्रलोचन माथि ।। 
१३३) चण्डमुण्ड रक्तबीज महिसासुरलाई ।
     देवीले परास्त गरिन् निशुम्भ सुरलाई ।। 
१३४) मानिसको आसुरी जो मनमा भएको । 
     आराधान पूजा गरि दानवभाव गएको ।। 
१३५) मार्कण्डेय पुराण भन्छ देवी दुर्गा रहन्छिन् ।
     वुद्धि, निन्दा, भोक, छाँया शक्ति तृष्णा बन्छिन् ।। 
१३६) क्षमा, जाति, कान्ति, लज्जा, शक्ति,श्रृद्धा, वृत्ति ।
     स्मृति शान्ति र दया वन्छन् मातृ तुस्टि ।। 
१३७) वेदमा उल्लेख छ यो आदि शक्ति रुपा । 
    देवी दुर्गा यिनै देवी मातृ सतरुपा ।। 
१३८) यिनैबाट संसारको महान सृष्टि भयो ।
     दुर्ग यूद्ध विजयी भई दुर्गा नाम रहयो ।। 
विजया दशमी
१३९) त्रेतायुगमा रावणको अत्याचार वढयो । 
     अत्याचारले सिमा नाघी धेरै माथि चढयो ।। 
१४०) नारदमुनिको उपदेश रामचन्द्रलाई भयो । 
      रावण रोकिन्न अब निकै वढ्दै गयो ।।
१४१) नाभिमा अमृत थियो तीनै लोक जितेको । 
      देवमानव अति त्रसित कै वर्ष वितेको ।। 
१४२) मेघनाथ इन्द्र जित्ने रावणका पुत्र । 
      नारद ऋषि सोच्न थाले रावण रोक्ने सुत्र ।। 
१४३) देवीको वन्दना पूजा आराधाना गरे । 
      शक्ति वृद्धि स्वतः हुन्छ उनकै शरण परे ।। 
१४४) नारद ऋषिको सुझाव आश्विन शुक्ल पक्ष ।
      नौ दिन देबलीाई पुजे पुगि हाल्छ लक्ष्य ।। 
१४५) श्रीरामले नवै दिन सागर छेउ गई ।
     नौ दिनमा नौ देवी पुजे एकाग्र मन भई ।।
१४६) दशैं दिनमा श्रीरामले रावण अन्त्य गरि ।
      विजय उल्लास गरे सबै हर्षित परि ।। 
१४७) विजय उल्लास मान्ने परम्परा रहयो । 
      शक्ति आर्जन दानव अन्त्य देवी पुजन भयो ।। 
१४८) भवानीले महिसासुरको अन्त्य दशौं दिनमा । 
       देव नर खुशी छायो हर्षोल्लास मनमा ।।
१४९) शारदीय शुक्ल पक्ष नव रात्री भयो । 
      देवीको पुजन गर्ने परम्परा रहयो ।। 
१५०) देवीको प्रसाद मानी जमरा लाउँदछन । 
      ठूलाका हातको टिका आशिष पाउँदछन ।। 
१५१) छोरी वेटी माइति आउँछन परदेशी पनि । 
    सबैजना घर आउँछन दशै मनाउँ भनि ।। 
१५२) राष्ट्र प्रमुख सरकार प्रमुख टीका लगाई दिन्छन् । 
 ठूलावाट टीका थापी आर्शिवाद लिन्छन् ।।
१५३) शरदकि जुनेली रात नाच गान गर्दछन् । 
      हाँसी खेली दुःख विर्सि दङ्गदास पर्दछन् ।। 
१५४) सुदूरपश्चिमका जिल्ला डेउडा खेल्ने रिती । 
      डेउडा खेल्न शुरु गर्छन आउँदा औसी तिथि ।।
१५५) असौज जुनेली रात गाउँको पटकानी । 
      गीत गाउँछन मस्तसँग नवर्षेको पानी ।। 
१५६) हिलो छैन धुलो छैन भाडी पूmल पूmलेका ।
      काँगडाका झुलभरि काँकडा फलेका ।। 
१५७) एकतिर केटीको खेल केटा अर्कोतिर । 
      भाडी पूmल हजारी घुता आँखा तिरमिर ।। 
१५८) दुर्गाको आशिष सवलाई सुस्वास्थ्य कामना । 
      समृद्धि सुखशान्ती छाओस् चलोस् नामना ।। 
        ≡ समाप्त ≡
 

कमेन्ट लोड गर्नुस