धनगढीको कपडा बैंकलाई तीन सय ३५ थान कपडा दान
धनगढीको कपडा बैंकलाई तीन सय ३५ थान कपडा दान गरिएको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई तीन सय ३५ थान कपडा दान गरिएको हो। पछिल्लो एक हप्ताको अवधीमा कैलालीका विभिन्न क्षेत्रका व्यक्तीहरुले कपडा दान गरेका हुन। कैलाली लम्कीका पत्रकार तिर्थ जैशीले पनि बैंकलाई कपडा दान गरेका छन्। उनले लम्कीबाट स–परिवार धनगढी आएर कपडा दान गरेका हुन्।
यस्तै धनगढीकै सरस्वती पाण्डेय, झंकर कुँवर, अनु चन्द, दामोदर अधिकारी, मेघराज जोशी, कोमल ओली, प्रेमा सिहं, वसन्ती ओझा, रोहित भट्ट लगायतकाले कपडा दान गरेका हुन। कपडा बैंक प्रत्येक दिन विहान ८ देखि १० र साँझ ४ देखि ६ बजे सम्म खुल्ला रहने गरेको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताईन। संकलन भएका कपडाहरु बैंक मार्फत निशुल्क वितरण गरिदै आईएको छ।]