सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रवासमा रहेका सुदूरपश्चिमेलीको गुनासो–सरकारको असहयोगले स्वदेशमै लगानी गर्न समस्या

२०७६ असोज २४, ०३:२७ कमल सावद

दुई वर्ष पहिले २०७४ सालको असोज २१ र २२ गते अन्तराष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको धनगढीमा पहिलो भेला तथा अधिवेसन सम्पन्न भयो। वैदेशीक रोजगारीमा रहेका सुदूरपश्चिमका युवाहरु सम्मेलित उक्त भेलाले नयाँ कार्य समिति चयन गर्दै प्रदेशमा लगानी गर्ने लगायतका निर्णय गरेको थियो। तर ति निर्णय कार्यान्वयन गर्न भने मुस्किल भईरहेको छ। 

तीन तहको सरकारले सहयोग नगर्दा स्वदेशमै लगानी गर्ने ईच्छा पुरा नभएको प्रवासी सुदूरपश्चिमेलीहरुले गुनासो गरेका छन्। अन्तराष्ट्रिय नेपाली स्ुदूरपश्चिमेली समाजको दोश्रो भेला तथा अधिवेसनका लागि धनगढी आएका सुदूरपश्चिमेलीहरुले यस्तो गुनासो गरेका हुन्।

दुई बर्ष अगाडी भएको भेलाले प्रदेशमै लगानीको गर्ने निष्कर्ष निकालेपनि तीन तहका सरकारको अपेक्षाकृत रुपमा सहयोग नपाउँदा समस्या भएको गुनासो उनीहरुको छ। बैदेशिक रोजागरीको विकल्प खोज्न सरकारी निकाय तयार नभएको रिटर्नी माईग्रेटको सुदूरपश्चिम समितिका  संयोजक चेतन थापाले बताए। स्वदेशमै रोजगारीको वातावरण सृजना गर्न पनि तीनै वटा सरकार असक्षम भएको उनको  आरोप छ।

धनगढीमा होटल व्यवसाय गर्दै आएका थापा कृषि क्षेत्रमा लगानी गर्न तीन बिगाह जमिन भाडामा लिइएको भएपनि व्यवसाय सञ्चालनको वातावरण नभएको बताउँछन्। समाजका अध्यक्ष धनवहादुर बलायरका अनुसार समाजको पहिलो अधिवेनले प्रदेशमै कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्ने महत्वपुर्ण निर्णय गरेको थियो।

तर वैदेशीक रोजगारमा रहेका केहि सुदूरपश्चिमेली युवाहरुले स्वस्फुर्त रुपमा फर्किएर लगानी गरेको पाइएपनि उनीहरुको सामुहिक लगानी भने दुई बर्ष सम्म नदेखिएको उनले स्वीकार गरे। ‘स्वदेशमै लगानीका लागि तयार भएपनि तीन तहको सरकारबाट सहयोग पाईएको छैन्,’ उनले भने, ‘विदेशमा काम गर्ने युवाहरु फर्किएर संगठीत हुँदै रिटर्नी माईग्रेटको सुदूरपश्चिम समिति पनि गठन गरिएको थियो तर अपेक्षा अनुसार कुनै निकायले सहयोग गरेनन्।’ 

सुदूरपश्चिमको मौलिक संस्कृतिहरुलाई विश्वभरी फैलाउने र प्रदेशका नौ वटौ जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय भने कार्यान्वयन भएका छन्। नौ जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भनिएकोमा पाँच जिल्लामा सञ्चालन भएको अन्तराष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजका अध्यक्ष बलायरले बताए। ‘सुदूरपश्चिमको मौलिक संस्कृतिहरुका कार्यक्रमहरु भने विश्वका विभिन्न देशमा भएका छन्।’ उनले अगाडी भने। 

प्रवासी सुदूरपश्चिमेली युवाहरुले १७ क्षेत्रमा लगानी गर्न सकिने भन्दै क्षेत्र नै छनौट गरेक थिए। अन्तराष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजका तत्कालिन तर्दथ समिति संयोजक डक्टर भारतबहादु नेगीले प्रदेशमा लगानी गर्ने बिषय नयाँ भएकाले समाज अलमलमा रहेको बताए। ‘समाज दर्ता गर्न पनि समय लाग्यो। नयाँ भएकाले अनुभव पनि भएन। केहि साथिहरु निस्कृय पनि भए। निर्णय अनुसारको काम हुन सकेन्। अब चाँही कामले गति लिन्छ होला।’ उनले भने। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस