सुदूर नेपाललाई विश्वसँग जोड्दै

टी–२० सिरिजमा नेदरल्याण्ड्सद्वारा हङकङ ३७ रनले पराजित

। फोटो स्रोत ।
२०७६ असोज २३, ०४:२७ खबर संवाददाता

ओमानमा जारी पाँच देश सहभागी टी–२० सिरिजमा नेदरल्याण्ड्सले अन्तिम खेलमा जति हात पारेको छ। नेदरल्याण्ड्सले बिहीबार भएको अन्तिम खेलमा हङकङलाई ३७ रनले पराजित गर्दै सुखद् अन्त्य गरेको हो। जारी प्रतियोगितामा हङकङले भने एक खेल पनि जित्न सकेन। 

नेदरल्याण्ड्सबाट १८६ रनको लक्ष्य पाएको हङकङ निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १४८ रनमा रोकिन पुग्यो। हङकङका हारोन अर्सदले ६८ रन बनाए पनि टिमलाई जित दिलाउन भने असफल रहे। साहिद वसिफ २१ रनमा नट आउट रहेका थिए। ७३ रन बनाउँदा ५ विकेट गुमाएको हङकङको पारीलाई हारोन र साहिदले सम्हालेका थिए। तर टिमको स्कोर १४५ रन हुँदा छैटौँ विकेटको रुपमा हारोन ६८ रन बनाएर आउट भएका थिए। उनले ४० बलमा ३ छक्का र ४ चौका प्रहार गरेका थिए। बे्रन्डन ग्लोभरले चार तथा पिटर सीलारले २ विकेट लिए।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८५ रन बनायो। मध्यम सुरुवात गरेको नेदरल्याण्ड्सले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरेको थियो। तर दोस्रो विकेटका लागि टोबियास भिसी र रे भान डर मर्वीबीच अर्धशतकीय साझेदारी भएको थियो। जसमा भिसी ६८ रनमा आउट भए। उनले ४३ बलमा नौ चौका र तीन छक्का प्रहार गरेका थिए।

यस्तै म्याक्स ओडोडले १० रन बनाए भने कोलिन एकरमन नौ तथा कप्तान पिटर सीलार दुई रनमा आउट भए। त्यसपछि क्रिजमा आएका स्कट एडवार्डले अविजित ४२ रन बनाए भने मर्वीले अविजित ५० रनको योगदान गरे।

कमेन्ट लोड गर्नुस