सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिको पीडा : दशैँ टीका लगाएसंगै मजदुरीका लागि भारत जाने क्रम सुरु

फाईल फोटो
फाईल फोटो
२०७६ असोज २३, ११:३४ रोशन भट्ट

अछामका सर्जन विकको निधारमा लगाईएको दशैँ टीकाको छाप मेटिएको थिएन। जमरा पनि सुकेको थिएन्। त्यही टीका नमेटिएको निधार र जमरासँगै अछामबाट भारत जना भनी दशैँको दिन नै हिडेका विक धनगढी बसपार्कमा बुधवार काधमा झोला भिर्दै बस छुट्ने समयको पर्खाइमा थिए। दशैँ मनाउनकै लागी विदामा गाउँ फर्किएका विक मजदुरीका लागि गौरीफन्टा हुँदै भारत छिरेका छन्। विक मात्र नभएर आफ्नो र परिवारको गुजरा चलाउन भारतमा रोजगारी गर्दै आएका सुदूरपश्चिमबासीहरुले टीका र जमरासँगै धमाधम जन्मथलो छोड्न थालेका छन्।

जन्मभूमी छोडेर कर्मथलो भारत फर्किनेहरुका गुनासा र वेदना भने उस्ता उस्तै छन्। कैलाली टिकापुरकी लक्ष्मी बलायरलाई पनि भारतमा काम गर्न लागेको दुई वर्ष भयो। दशैं मनाउनकै लागि स्वदेश आएकी बलायर बुधबार नै गौरीफन्टा नाका भएर भारत फर्किन। वर्षभरी परिवारसंगै बसेर सुख दुःख काट्ने रहर भएपनि वेरोजगारीको विवशताले मुटुमा ढुङगा राखेर साझ बिहान हातमुख जोर्नका लागि काम गर्न फेरी अर्कोकै देश जानुपर्ने बाध्यता रहेको गुनासो उनको छ। संघीयता आएपछि देशमा गठन भएका तीन तहका सरकारले पनि रोजगारीका अवसर सिर्जना गर्न नसकेकोमा उनीहरु दुःखीत देखिन्छन्।

सुदूरपश्चिमका सीमा नाकामा केही दिन पहिले दशैँ मनाउन फर्किनेहरुको घुईचो रहेकोमा दशैँको टीका सकिएपछि जन्मथलो छोड्नेको भीडभाड लाग्न थालेको महाकाली सेती टुर एण्ड ट्राभल्स प्रालीका अध्यक्ष ईन्द्रराज विनाडीले बताए। विदा सकेर पुनः कर्मथलो फर्किन क्रम बढेको उनले बताए। घर परिवार सहित आएकाहरु पनि लालावाला सहित निराश हुँदै भारत पसिरहेका छन्। हुन त दशैं तिहारको विचमा विद्यालय तथा कलेजहरुको पनि विदा हुने गरेका कारण विद्यार्थीहरु पनि घुम्नको लागि भारत पस्ने गरेका छन्। तर पनि अधिकासं रोजगारीकै लागि भारत जने गरेका छन्।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस