सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलौरीमा वडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता सुरु

२०७६ असोज २२, ०७:१६ खबर संवाददाता

कञ्चनपुरको बेलौरीमा आजदेखि खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ। इन्द्रेणी युवा क्लबको आजदेखि बेलौरी नगरपालिका वडा नम्बर १० मा प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको एक कार्यक्रमकाबिच वडा अध्यक्ष हरीलाल चौधरीले उद्घाटन गरे। आज भएको पहिलो खेलमा एसडीजे युवा क्लब विजयी भएको छ।

एसडिजे टाईगर युवा क्लबलाई पराजीत गर्दै विजयी भएको हो। एसडिजेले दिएको एक सय ३३ रनको लक्ष्य पछ्याउने क्रममा टाईगरले १० ओभरमा ४० बनाउँदै अलआउट भयो। टस जितेर एसडिजेले ब्याटिङ गरेको थियो। प्रतियोगितामा २० टीमको सहभागिता रहेको ईन्द्रेणी युवा क्लबले जनाएको छ। क्लबले विगत चार वर्षदेखि प्रतियोगिता सञ्चालन गर्दै आएको खेल सञ्चालक समितिका सह–संयोजक लोकेन्द्र चन्दले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस