सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली, कञ्चनपुरमा धानको बाला नलागेपछि बिउमा मिसावट गरिएको आशंका

२०७६ असोज १७, १२:३९ कमल सावद

स्थानीय एग्रोभेटहरुबाट खरिद गरी कैलाली र कञ्चनपुरमा झण्डै सात सय बिघा क्षेत्रफलमा लगाईएको धानले उत्पादन नदिएपछि किसानहरुको लगानी डुबेको छ। सरकारकै सिफारिसमा बिक्रि गरिएको धानको बिउ नक्कली निस्कीएपछि कैलाली र कञ्चनपुरका किसानहरुको मेहनत र लगानी खेर गएको छ।

सरकारकै सिफारिसका आधारमा कैलाली र कञ्चनपुरको झण्डै सात सय बिघा क्षेत्रफलमा लगाईएको गरिमा जातको धानमा बाला नलागेपछि किसानको लगानी खेर गएको हो। राम्रो उत्पादन दिने भन्दै सिफारिस गरिएको धान नक्कली निस्कीएपछि बिक्रेताले मिसावट गरेको आशंका गरिएको छ। प्रदेशको कृषि मन्त्रालयले किसानहरुको गुनासो पछि धानमा बाला नलागेको विषयमा अनुसन्धान भईरहेको जनाएको छ।

कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीको संयोजकत्वमा गठित समितिले अनुमगन गरिरहेकाले दुई दिन भित्र प्रतिवेदन पेश गर्ने कृषि निर्देशनालयले जनाएका छ। निर्देशनालयका प्रमुख यज्ञराज जोशीका अनुसार दुवै जिल्लामा रहेका एग्रोभेटहरुबाट गरिमा जातको धानको बिउ पाँच क्वीन्टल बिक्रि भएको पाईएको छ। ‘अहिले बिक्रेताले मिसावट गरेको देखिएको छ,’ जोशीले भने, ‘किसानहरुको क्षतीको अवस्था, विक्रि गर्ने एग्रोभेट र कम्पनीहरुको बारेमा अध्ययन भइरहेको छ।’

विक्रि–वितरण गर्ने कम्पिनी, एग्रोभेट सेन्टरहरु, विक्रि भएको धानको बीउको मात्रा तथा किसानको भएको क्षतीको तथ्याङक संकलनको काम अहिले जारी रहेको उनले बताए। बीउ उत्पादक तथा वितरकलाई कारबाही तथा किसानलाई राहतको बिषयमा केन्द्र सरकारले आवश्यक कदम चाल्ने बताईएको छ। प्रदेशकै कृषि मन्त्रालयले अनुसन्धानका सबै प्रक्रिया सम्पन्न गरेपछि कारबाही र राहातका विकल्प अगाडी बढाईने निर्देशक जोशीले बताए।

नेपाल सरकारले सिफारिस गरेका गरिमासंगै कतिपय स्थानमा सिन्दुरी जातको धानमा पनि बाला लागेको छैन्। तर कृषि मन्त्रालय अन्तरगतको विज्ञ सम्मीलित टोलीले नै बिउ छनौट गरी सिफारिस गरेको थियो। विगतमा पनि यी बिउ किसानले रोप्दै आएकोले बिक्रेताले बदमासी गरेको हुनसक्ने अनुमान गरिएको छ। अनुसन्धाबाट उक्त कुरा खुलेमा बिउ ऐन र नियमावली अनुसार कारबाही गरिने दावी गरिएको छ।

कैलालीमा गरिमा र सिन्दुरी धानमा बाला नलागेपछि किसान चिन्तीत

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस