सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिमालय एयरलाइन्समा नयाँ चिनियाँ लगानीकर्ता

२०७६ असोज १२, ०३:०३ खबर संवाददाता

हिमालय एयरलाइन्समा नयाँ चिनियाँ लगानिकर्ता भित्रिने भएको छ। यसअघिको लगानीकर्ता तिब्बत एयरलाइन्स फिर्ता हुने भएसँगै त्यसमा सरकारी स्वामित्वको तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट नयाँ लगानीकर्ताका रुपमा भित्रिने भएको हो।हिमालय एयरलाइन्सका अध्यक्ष झाउ इनयोङले एरलाइन्समा नयाँ कम्पनी आउने बताएका हुन्।

एयरलाइन्सको लोगो सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै उनले नयाँ लगानीकर्ताका रुपमा तिब्बत एभिएसन डेभलपमेन्ट आउन लागेको बताएका हुन्। तिब्बत एयरलाइन्सको यसमा ४९ प्रतिशत सेयर स्वामित्व रहेको छ।

चिनियाँ लगानीकर्ताको सेयर स्वामित्वमा जे भएपनि नेपालको यति वर्ल्ड इन्भेष्टमेन्टको ५१ प्रतिशत सेयर भने कायमै हुने एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए। सेयर साटफेर तथा हेराफेरी चिनियाँ पक्षकै बीचमा हुने उनको भनाइ छ।
 

कमेन्ट लोड गर्नुस