सुदूर नेपाललाई विश्वसँग जोड्दै

बडिमालिका कप भलिबल प्रतियोगिता हुने

२०७६ असोज ११, ०८:३२ खबर संवाददाता

बाजुरामा पदम खत्री स्मृति तथा बडिमालिका कप भलिबल प्रतियोगिता हुने भएको छ। आज धनगढीमा पत्रकार सम्मेलन गरी बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ९ पैमामा भलिबल प्रतियोगिता असोज २२ गतेदेखि २५ गतेसम्म हुने जानकारी दिईएको हो। 
सुन्दर नेपाल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा हुने चार दिने भलिबल प्रतियोगिताको विजेताले नगद ५१ हजार एक सय एघार सहित ट्रफी र मेडल पाउनेछ। उपविजेताले नगद २५ हजार एक सय एघार सहित ट्रफी र मेडल पाउनेछ। उत्कृष्ट खेलाडीले नगद ५ हजार पाउनेछ। हरेक दुई बर्षमा प्रतियोगिता आयोजना हुने र यो प्रतियोगिताको दोस्रो संस्करण रहेको प्रतियोगिताका संयोजक राजेन्द्र खत्रीले बताए। खुल्ला भलिबल प्रतियोगिता भएकोले जुनसुकै टीमले पनि प्रतियोगिता खेल्न पाउने संयोजक खत्रीले बताए।
 

कमेन्ट लोड गर्नुस