सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लव नेतृत्वको नेकपाका तीन जना पक्राउ

२०७६ असोज ११, ११:३९ खबर संवाददाता

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ३ जना विद्यार्थी नेता पक्राउ परेका छन्। अखिल क्रान्तिकारीका लुम्बिनी ब्युरो इञ्चार्ज विरेन्द्र विक, अखिल क्रान्तिकारीका पश्चिम नवलपरासीका जिल्ला संयोजक शारदा भण्डारी र अर्घाखाँची जिल्ला सदस्य एवम् नवलपुरका पूर्व विद्यार्थी संयोजक नयनसिंह खड्का ‘नवीन’ लार्ई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई नवलपरासीको सुनवलस्थित  रमवापुरबाट शुक्रबार साँझ पक्राउ गरेको प्रहरीले जानएको छ।

शारदा भण्डारीलाई प्रहरीले यसअघि पनि पक्राउ गरेको थियो। उनी अदालतको आदेशमा रिहा भएकी थिइन्। पहिलो पटक नवलपरासीबाट ४० हजार धरौटी तिरेर रिहा भए पनि प्रहरीले भण्डारीलाई पुनः पक्राउ गरेको थियो। त्यसपछि सर्वोच्चको आदेशमा ७१ दिनपछि भण्डारी रिहा भएकी थिइन्।

कमेन्ट लोड गर्नुस