सुदूर नेपाललाई विश्वसँग जोड्दै

विमानस्थलमा योगेशले ल्याएको नियम प्रचण्डले मानेनन्

। फोटो स्रोत ।
२०७६ असोज १०, ०८:५२ खबर संवाददाता

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री  योगेश भट्टराईले  विमानस्थलभित्र अति विशिष्ट व्यक्ति (भिभिआपी) लाई मात्र जहाजसम्म गाडी लिन दिने नियम लागू गरेको एक महिना नपुग्दै उल्लंघन भएको छ। मन्त्री भट्टराईको घोषणाअनुसार विमानस्थल कार्यालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र तिनका विदेशी समकक्षीलाईमात्र जहाजसम्म गाडी लिन पाउने भन्दै सार्वजनिक  सूचना जारी गरेको थियो।

शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले उक्त नियम उल्लंघन  गरेका छन्। दोलखाको जिरी जान हेलिकप्टर चढ्न जाँदा प्रचण्डले गाडी हेलिप्याडसम्मै लिएका छन्। 

प्रचण्डको गाडी हेलिकप्टरसम्मै गएको विषयमा विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले हवाइ कम्पनीको गाडीमा  जान पाइने भए पनि अरू गाडी लिन नपाइने बताए। (सेतोपाटीबाट साभार)
 

कमेन्ट लोड गर्नुस