सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा भान्जीलाई बलात्कार गरेको आरोपमा मामा पक्राउ

२०७६ असोज १०, ०१:२७ खबर संवाददाता

बझाङमा बलात्कारको अभियोगमा एक जना पक्राउ परेका छन्। मामाघरमा बस्दै आएकी भान्जीलाई केही वर्ष अघिदेखि नै मामाले बलात्कार गर्दै आएको भन्दै जिल्लाका धनवहादुर विष्टलाई जिल्ला प्रहरी कार्यालय बझाङले पक्राउ गरेको हो।

पालनपोषण गर्ने र पढाइ दिने भन्दै घरमा राखेकी भान्जीलाई केही वर्षदेखि नै उनले पटक–पटक बलात्कार गर्ने गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले बताए।

उनीमाथि बिहीबार जबरजस्ती करणीमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप सहित आवश्यक अनुसन्धान भईरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए। कक्षा ९ मा अध्यनरत किशोरीमाथि बलात्कार गर्ने मामा ६३ वर्षका रहेको प्रहरीले जनाएको छ। उनले भान्जीको मोबाईलमा अश्लिल तस्बिर समेत खिचेको भेटिएको छ।

किशोरीको भाईले आफ्नो दिदीको मोबाईल चलाउन खोज्दा नजानेपछि गाउँका एक छिमेकीलाई मोबाइल चलाउन सिकाइदिन आग्रह गर्दा मोबाइलमा अश्लिल तस्बिर देखेपछि घटना बाहिरिएको हो।

कमेन्ट लोड गर्नुस