सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लव समुह जनपरिषद् कञ्चनपुरका प्रमुखले पार्टी परित्याग गरे

२०७६ असोज ८, ०६:१९ खबर संवाददाता

नेत्र विक्रम चन्द ’विप्लव’ समुह कञ्चनपुरका जन सरकार प्रमुखले पार्टी परित्याग गरेका छन्। विप्लव समुह कञ्चनपुर जिल्ला सदस्यसमेत रहेका बीर बहादुर सुनारले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको जानकारी दिएका हुन्।

उनले विगत लामो समयदेखि विप्लव माओवादीमा आवद्ध रहेको जनाउँदै जनपरिषद् रहदासम्म भूमिगत जीवन बिताउँदै आएको बताए। उनले आफु विप्लव समुहमा रहेरपनि कुनै आपराधिक गतिबिधीमा संलग्न नभएको विज्ञप्ती उल्लेख गरेका छन्।

आफु क्रियाशिल रहेको समुहले हिंसात्मक गतिबिधी गरेको आरोप लगाउँदै उनले एकीकृत जनक्रान्तिको कार्य दिशामा आफ्नो र परिवारको कुनैपनि मन नभएको र मेरो आफ्नो स्वास्थ्य कमजोर भई पार्टीमा रही काम गर्न नसक्ने भएकाले विप्लवको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको बताए। उनले हस्ताक्षर गरेको विज्ञप्तीमा स्वतन्त्र नागरिक भएर बस्ने इच्छा भएकाले पार्टीबाट राजिनामा दिएको उल्लेख छ।

यस्तै विप्लव कञ्चनपुरले सुनारलाई पार्टीबाट निष्कासित गरिएको जनाएको छ। विप्लवका एक नेताले पार्टीमाथि प्रतिबन्ध लागेपछि पार्टीको सम्पर्क र पार्टीको काम भन्दा बाहिर हिडेकाले उनलाई कारवाहि स्वरुप निष्कासित गरिएको बताए।

सुनारलाई दुई महिना पहिल्यै कारवाहि गरेको बताउंदै उनले भने, ‘बीर बहादुरको सुनारको सट्टामा अर्का नेतालाई जिम्मेबारी दिइसकेका छौँ, अहिले आएर पार्टी परित्याग गरेको भन्नु कत्तिको जायज होला।’ विप्लव नेताहरुले पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएपछि प्रतिरोध गर्नुको सट्टा क्रान्तिबाट विचल्लीत भएकालाई कारवाहि गरेको जनाएको छ।

 

कमेन्ट लोड गर्नुस