सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि विकास बैंक ह्याक काण्ड : कैलालीका दुई जना पक्राउ

२०७६ असोज ८, ०४:०७ खबर संवाददाता

५ अर्ब रुपैयाँ भन्दा धेरै रकम झिकेर विदेश लैजाने योजनामा संग्लन कैलालीका दुई सहित १२ जनालाई पक्राउ गरि सार्वजनिक गरिएको छ। महानगरिय प्रहरी अपराध महाशाखाले उनीहरुलाई सार्वजनिक गरेको हो। कैलालीको भजनी नगरपालिका–३ का विजय शाह र चन्द्रबहादुर बुढालाई पनि पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा नुवाकोट मेघाङका लवाङ तामाङ, रसुवा नौकुण्ड घर भएका लक्ष्मी लामा तामाङ, निर्मला तामाङ र निमा तामाङ, काठमाडौं काभ्रेस्थलीका संजय घले, सर्लाही हरिवनका पुष्पराज खड्का, लमजुङ दोर्दी गाउँपालिकाका विद्यासागर लामिछाने, तनहुँ भानु नगरपालिका–९ का श्रवणकुमार श्रेष्ठ, भारत कोलकत्ताका शुबन्कर पन्जा पनि रहेका छन्। 

प्रहरीले उनीहरुको साथबाट ४० लाख ५० हजार रुपैयाँ समेत बरामद गरेको छ। महाशाखाका अनुसार हृयाकरको समुहले कृषि विकास बैंकको विभिन्न शाखाकाबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ अवैध रुपमा झिकिएको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस