सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन जना एआईजीको सरुवा

२०७६ असोज ८, ०२:१८ खबर संवाददाता

सरकारले नेपाल प्रहरीका तीन अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पुष्कर कार्कीलाई कार्य तथा अपराध अनुसन्धान विभाग, ठूले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र धिरु बस्नेतलाई मानवस्रोत एवं प्रशासन विभागमा दरबन्दी राखेर राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काजमा राख्ने निर्णय गरेको हो।

यसअघि एआईजीहरु कार्की प्रहरी प्रशिक्षण प्रतिष्ठानमा, ठूले राई मानव स्रोत एवं प्रशासन विभागमा र बस्नेत अपराध अनुसन्धान विभागमा थिए।
 

कमेन्ट लोड गर्नुस