सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकार बिरुद्ध कैलालीमा कांग्रेसको बिरोध सभा

२०७६ असोज ५, ०७:०७ खबर संवाददाता

नेपाली कांग्रेसले कैलालीमा बिरोध सभा गरेको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुख्खडमा सरकार बिरुद्ध बिरोध सभा गरिएको हो। नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ३ को ख को आयोजनामा बिरोध र्याली पछि सभाको आयोजना गरिएको कांग्रेस नेतृ रिता चौधरीले जानकारी दिइन्। कांग्रेसले सञ्चालन गरेको दोस्रो जागरण अभियान अन्तरगत विरोध सभा गरिएको हो। सुखड बजारदेखि सुरु भएको बिरोध र्याली नगरपालिकाको कार्यालय सम्म पुगेको थियो। बिरोधमा सहभागि नेता कार्यकर्ताहरुले सरकार बिरुद्ध नाराबाजी गरेका थिए। बिरोध र्याली पछिको बिरोध सभालाई कांग्रेस नेताहरुले सम्बोधन गरेका छन्। 

 

कमेन्ट लोड गर्नुस