सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानमा बस दुर्घटना : २६ जनाको मृत्यु, १२ जना घाइते

२०७६ असोज ५, ०४:११ खबर संवाददाता

पाकिस्तानमा बस दुर्घटना हुंदा २६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। आइतबार बिहान पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृत्यु भएका र घाइते भएका मध्ये अधिकांश बालबालिका र महिला रहेका छन्।

स्कार्दुदेखि रावलपिण्डीतर्फ जाँदै गरेका बेला बस दुर्घटना भएको हो। घाइतेमध्ये अधिकांश गिल्गिट बल्तिस्तानका रहेका छन्। घटनाका बारेमा अनुसन्धान प्रक्रिया सुरु भइसकेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ।
 

कमेन्ट लोड गर्नुस