सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको राजधानी गोदावरी क्षेत्रमा बृक्षारोपण

२०७६ असोज ४, ०५:४४ खबर संवाददाता

संविधान दिवसको अवसरमा आज सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा बृक्षारोपण गरिएको छ। प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा बृक्षारोपण गरिएको हो।

पुर्व मन्त्री तथा नेपाल कम्युनिष्ट पाार्टी (नेकपा) का स्थायी कमिटि सदस्य लेखराज भट्ट, प्रदेशका सभामुख अर्जुन थापा, उपसभामुख निर्मला जोशी, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा, प्रदेशकी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनिता चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री प्रकाश रावल लगायत प्रदेश सभा सदस्यहरुको समेत कार्यक्रममा सहभागिता रहेको थियो। 
 

कमेन्ट लोड गर्नुस