सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘असोज तीन, कालो दिन’ भन्दै धनगढीमा विरोध

२०७६ असोज ३, ०४:१६ खबर संवाददाता

नेपाल आदीवासी जनजाती महासंघ र थरुहट थारुवान राष्ट्रिय मोर्चाले संविधान दिवसलाई कालो दिनका रूपमा मनाएको छ। संविधानका विभिन्न धारा र उपधारालाई जलाउँदै आज कालो दिनका रुपमा मनाईएको हो।

धनगढीमा आयोजित विरोध सभामा संविधानको धारा ३८,४२, १८, ५६, र २७४ तथा अनुसूची ४ जलाईएको हो। विरोध सभामा मोर्चाका सल्लाहकार समेत रहेका पूर्व सभाषद कृष्ण चौधरी, मोर्चाका कैलाली जिल्ला अध्यक्ष माधव चौधरी र आदीवासी जनजाती महासंघका सुदूरपश्चिम संयोजक बलवहादुर घर्तीले संम्वोधन गरेका थिए।

आज सझा ७ देखि साढे ७ बजे संविधान नमान्नेहरु घरको बत्तिको स्वीच अफ गर्ने कार्यक्रम रहेको समेत मोर्चाका कैलाली अध्यक्ष चौधरीले बताए।
 

कमेन्ट लोड गर्नुस