सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

२०८३ असोज २७, ०३:३७ रासस

बेत्रावती : नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा (घेवा)मा सहभागी भए ।

नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा आज बौद्ध परम्पराअनुसार लामाहरूले पूजा गरेका छन् ।

पूजामा सहभागी हुँदै प्रचण्डले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
बाढी गएको ४९औँ दिनका अवसरमा मृतकहरूको आत्मशान्तिको कामना गर्दै विशेष पूजा आयोजना गरिएको हो ।

बाढीबाट घरबारविहीन बनेका परिवारका लागि वाइसीएल नेपालले निर्माण गरेका अस्थायी आवास हस्तान्तरण गर्न नुवाकोट पुग्नुभएका प्रचण्ड विशेष घेवामा सहभागी भएर श्रद्धाञ्जली व्यक्त गर्न बेत्रावती पुग्नुभएको हो ।
 

कमेन्ट लोड गर्नुस