सुदूर नेपाललाई विश्वसँग जोड्दै

संविधान बनेका दिन–डेउडा गीत

२०७६ असोज ३, ११:०७

संविधान बनेका दिन मनै चमत्कार।
उपस्थिति सबैलाई हाम्रो नमस्कार।।

संविधानको पालना छैन, नेताकी मनपरी।
प्लेनमा उडेका छन् काठमाडौँ–धनगढी।।

भोट मागरे सुइके नेता  काठमाडौँ मनपरी।
कहिले पुरा हुन्छ बाटो अत्तरिया–धनगढी।।

हिलो सोइरे, गोवर सोइरे बाखरी खोडैमा।
कुकुर पाल्ला बादीबर गाई छोड्या रोडैमा।।

जनतालाई बक्ती बल्यो भन्छन, खै का तिर बल्यो।
लोकतन्त्र आयो भन्छन, राणा शासन चल्यो।।

नेताहरु सबै मिलि देश बेचि खाएको।
नेपाली चेली निर्मलाले खै न्याय पाएको।।

जोराइलको सेरा खेत पाक्यो जाउले धान।।
संविधान बनायौ भन्छन, खै त संविधान।।
(गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरियाकी कुन्ति साउँदले संविधान दिवसको दिन धनगढीको कार्यक्रममा गाएको डेउडा गीत)

कमेन्ट लोड गर्नुस