सुदूर नेपाललाई विश्वसँग जोड्दै

असहायलाई सहारा दिने बाल संगठन कैलाली आँफै टुहुरो बनेपछि चिन्ता व्यक्त

२०७६ असोज २, ०२:१७ रोशन भट्ट

डोटीको तत्कालीन मुडेगाउ गाविसका श्याम बोगटीले २०६० सालदेखि धनगढीमा रहेको बाल संगठनमै बसेर अध्ययन सुरु गरे। नर्सरी देखि एसएलसी सम्म संगठनमै बसेर अध्ययन गरेका बोगटीले उच्च शिक्षा धनगढीमै रहेको एसपिए कलेजमा अध्ययन गर्दै छन्।

सानै उमेरमा बेसाहारा भएका वोगटीले बाल संगठनको साहारा पाएपछि उनको जिवनशैली नै फेरियो। अध्यनलाई निरन्तरता दिईरहेका वोगटी पेशागत रुपमा बैंकका कर्मचारी हुन्। हाल उनी सिभिल बैंकमा कार्यरत छन्। नमिठो विगतलाई विर्सिदै सकारात्मक कदम चाल्न प्रयास गर्दै आएका वोगटीले धनगढीमा रहेको बाल संगठनलाई सहयोग गर्ने ठूलो ईच्छा रहेको दिनेश खवरलाई बताए। 

हुन त विगतका दिनहरुमा बाल संगठन धेरै टुहुराहरुको सहारा बन्न पुग्यो। हाल बैंकमा काम गर्दै आएका श्याम वोगटीको जस्तै कथा छ बाल संगठनकै साहारा पाएका अर्विन्द्र रावालको। रावालपनि २०५४ सालदेखि बाल संगठनमा बस्न थालेका थिए। 

संगठन बाटै एसएलसी पास गरेर रावाल अहिले आफ्नो जन्म स्थान डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ५ रानागाउमा रहेको सरस्वती मावीमा अध्यापन गराउँछन्। बाल संगठनले अनाथ र टुहुरा बालवालिकालाई पालन पोषणसंगै शिक्षा प्रदान गर्ने जिम्मेवारी सम्हाल्न छोडेको बर्षाै भएकाले उनलाई पनि दुःख लागेको छ।

२०५० सालदेखी अनाथ र टुहुरा बाललालिकालाई भर्ना गरेर लालनपालन र पढाई गरिरहेको जिल्ला बाल संगठन कैलाली ६ बर्षदेखि वालवालिका बिहिन भएको छ, आँफै टुहुरो भएको छ। बाल संगठन कैलालीकी प्रमुख कल्पना खड्काले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आएको भएपनि संगठनमै राखेर साहारा दिन भने बर्षाै पहिलेदेखि नै छोडिसकेको बताईन्।

‘बाल संगठन कैलालीको प्रमुख भएर आउँदा पहिले बाल संगठनमै बसेकाहरु भेट्न आए,’ खड्काले भनिन्, ‘विगतमा संगठनकै साहारामा पालिएका धेरै अहिले सफल जिवन विताईरहेका छन्।’ तर अहिले बाल संगठन आँफै टुहुरो बनेपछि धेरै असहायहरुको बिचल्ली भएको छ। बल संगठनल सटर र भवन भाडामा लगाए वापत कमाउँदै आएको बार्षिक लाखौँ रकम केन्द्रिय कार्यालयलाई पठाउँदै आएको छ। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस