सुदूर नेपाललाई विश्वसँग जोड्दै

दूधको मूल्य वृद्धिः सुदूरपश्चिमका किसानलाई हर्ष न विस्मात

२०७६ असोज १, ०६:५४ रोशन भट्ट

सरकारले दुधको मुल्य बृद्धि गरेपनि सुदूरपश्चिमका किसानहरुलाई भने प्रत्येक्षा लाभ हुन सकेको छैन्। किसानबाट दुध संकलन गर्ने संस्था तथा डेरीहरुले तोकेको मुल्य नदिदा लाभ हुन नसकेको हो। यस क्षेत्रका किसानहरुका लागि मुल्य बृद्धि हर्ष न विष्मात जस्तै भएको छ।

मुल्य बढेको हल्ला सुनिए पनि सो अनुसारको मुल्य नपाउँदा किसानमा अन्यौलता पनि देखिएको छ। ‘दुध संकलन केन्द्र तथा केहि विचौलियाहरुलाई फाईदा हुने गरेको भएपनि वास्तविक किसानलाई भने मुल्य बृद्धिले छुन सकेको छैन्,’ अत्तरियाका एक जना किसान मीनराज जोशीले भने, ‘मुल्य बृद्धी भएको सुनेका छौ, तर अहिले पनि पुरानै मुल्य अनुसार दुध विक्री गर्दै आएका छौ।’

३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफ भएको दूध संकलन हुने गरेको भएपनि सरकारले निर्धारण गरेको मुल्य किसानले पाउन नसकेको उनले गुनासो गरे। तर नेपाल डेरी एसोसिएसनका उपध्याक्ष कर्णबहादुर हमालले भने सरकारले निर्धारण गरेको मूल्यकै आधारमा दुध खरिद गर्दै आएको बताए। सरकार दुधको मूल्य निर्धारण गर्दा सबैको समस्यलाई मध्यनजर गर्नुपर्ने सुझाव उनको छ। 

पशु दिर्नेशनालय सुदूरपश्चिमका अनुसार दैनिक रुपमा ६ लाख ४४ हजार लिटर दुध प्रदेशभरी उत्पादन हुने गरेको छ। जस्मा ४४ प्रतिशत गाई र ५६ प्रतिशत भैँसीको दुध हो। त्यस्मा दुग्ध वितरण आयोजना अत्तरियाले दैनिक दुई हजार ५ सय लिटर मात्रै दुध खरिद गर्ने गरेको छ।

उक्त आयोजनाले सरकारी मूल्य अनुसार नै खरिद गर्ने गरेको भएपनि सिधै किसानहरुबाट खरिद नहुँदा किसानहरु सरकारी मूल्य पाउनबाट बञ्चित छन्। दुग्ध वितरण आयोजना अत्तरियाका कैलालीका प्रमुख कृष्ण अर्यालले आयोजनाले भने सरकारले तोकेकै मूल्य अनुसार दुध खरिद गर्दै आएको दावी गरे।

पशुपालनमा घाँस, दानापानी, औषधि र श्रममा ठूलो खर्च हुने गरेको भएपनि पर्याप्त मुल्य नपाउदा समस्या हुने गरेको हो। अहिले ग्रामीण क्षेत्रमा प्रतिलिटर ३० रुपैयाँदेखि कृषकले ६० रुपैयाँसम्म मूल्य पाउँछन्। ग्रामीण क्षेत्रमा रहेका अधिकांश डेरी उद्योगले एसएनएफ र क्रिमको आधारमा मूल्य निर्धारण गर्छन्। बजारनजिक क्षेत्रका कृषकले ५० रुपैयाँ हाराहारीमा दूधको मूल्य पाउँछन्। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस