कैलाली–५ ‘ख’ बाट कांग्रेसको प्रदेश प्रतिनिधिमा दिपेश बोहराको उम्मेदवारी
धनगढी: नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नं. ५ ‘ख’ प्रदेशसभा क्षेत्रबाट खुला युवा तर्फ प्रदेश प्रतिनिधि पदमा दिपेश बोहराले उम्मेदवारी दिएका छन्।
युवा पुस्ताको प्रतिनिधित्व गर्दै पार्टी संगठनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित बोहराले उम्मेदवारी दिएको बताएका छन्। उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) धनगढी उपमहानगरपालिकाका अध्यक्षसमेत हुन्।
बोहरा पछिल्लो समय लागूऔषध नियन्त्रण, युवा सचेतना तथा विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। युवालाई सकारात्मक र सिर्जनात्मक गतिविधिमा जोड्ने तथा लागूऔषध दुव्र्यसन न्यूनीकरण र सामाजिक विकृति अन्त्यका लागि आफूले निरन्तर पहल गर्दै आएको उनले बताएका छन्।
कांग्रेसको संगठनलाई थप सुदृढ बनाउन युवा पुस्ताको सक्रिय सहभागिता र प्रतिनिधित्व आवश्यक रहेको बोहराको भनाइ छ। पार्टीभित्र युवाका मुद्दालाई प्राथमिकताका साथ उठाउँदै सामाजिक उत्तरदायित्वसहित काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
महाधिवेशनमा कैलाली–५ ‘ख’ बाट खुला युवा तर्फ प्रदेश प्रतिनिधिका रूपमा आफूलाई समर्थन गरी अमूल्य मत प्रदान गर्न उनले कांग्रेसका प्रतिनिधि तथा सम्बन्धित मतदातासमक्ष आग्रह गरेका छन्।
“युवाको आवाज, सामाजिक उत्तरदायित्व र सकारात्मक परिवर्तनका लागि तपाईंहरूको अमूल्य मत र साथको आशा गरेको छु,” बोहराले भनेका छन्।