सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा एक स्थानीय तह एक प्रविधिक विद्यालय कार्यक्रम लागु भएन

२०७६ भदौ ३०, ०१:५८ रोशन भट्ट

संघीय सरकारले ल्याएको एक स्थानीय तह एक प्रविधिक विद्यालय कार्यक्रम सुदूरपश्चिममा लागु हुन सकेको छैन्। सरकारले दुई वर्षभित्र प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने घोषणा गर्दै उक्त कार्यक्रम ल्याएपनि डेढ वर्ष पुग्दा समेत सुदूरपश्चिममा लागु नभएको हो। सबै स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न सके गुणस्तर सुधार गर्न सकिने र प्राविधिक जनशक्ति उत्पादनमा जोड मिल्ले भएपनि यसमा सरकार उदासिन देखिएको छ।

डेढ वर्ष सम्म सुदूरपश्चिमका ४० वटा स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षाको पहुँच पुग्न नसकेको हो। प्राविधिक तथा व्यावसायिक सीप विकास तालिम, प्राविधिक तथा व्यावसायिक शिक्षा  र उच्च शिक्षामा प्राविधिक शिक्षा पढाईदै आएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटी र विश्वविद्यालय मातहतका शिक्षण संस्थाले प्राविधिक शिक्षा प्रदान गर्दै आएका छन।

तर सुदूरपश्चिमको हकमा प्रविधिक शिक्षा पढाई हुने विद्यालयको संख्या निकै कम रहेको छ भने प्रदेशमा आवश्यक जनशक्ति उत्पादनको अवस्थापनि कमजोर देखिएको छ। कैलाली बहुमुखी क्याम्पस प्रमुख तथा प्राध्यापक डाक्टर पदमराज जोशीले विज्ञान, प्रविधि, इन्जिनीयरिङ र कृषिलाई जोड दिनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए।

उनले स्थानीय, प्रदेश र संघिय सरकार लगायतका अन्य शिक्षण संस्थाले समेत प्राविधिक शिक्षा विस्तारमा विशेष ध्यान दिनुपर्ने बताए। प्रविधिक विद्यालय तर्फ डिप्लोमा तह होटल व्यवस्थापन र वन विज्ञानको समेत पढाइ हुन्छ भने उच्च शिक्षामा विज्ञान प्रविधि, चिकित्साशास्त्र, वन विज्ञान, इन्जिनियरिङ, आयुर्वेद, पशु विज्ञान, पशु चिकित्सा, मत्स्यपालन र कृषि संकायको पढाई हुने गरेको छ।

तर ८८ वडा स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशमा सिटिईभीटि तर्फको प्राविधिक शिक्षा कार्यक्रम ४० ओटा स्थानीय तहमा लागु हुन सकेको छैन् भने शिक्षा विभाग अन्तरगतको कार्यक्रम २५ ओटा विद्यालयमा मात्र लागु भएको छ। कैलालीका छ, कञ्चनपुरका तीन, डडेल्धुराका चार, डोटीका पाँच, अछामका तीन, दार्चुलाका दुई, बाजुराका छ र बझाङका नौँ वटा स्थानीय तह प्राविधिक शिक्षाको पहुँच वाहिर रहेका छन्।

संघीय सरकारले कार्यक्रम घोषण गरेपनि कार्यान्वयन गर्न असफल भएको तर्क स्थानीय तहका जनप्रतिनिधीहरुको छ। नगरपालिका महासंघ सुदूरपश्चिमका अध्यक्षा रहेका बैतडीको पाटन नगरपालिकाका मेयर केशव बहादुर चन्दले संघिय सरकारले एक स्थानीय तह एक प्राविधि विद्यालय कार्यक्रम घोषणा गरेपनि सो अनुसार सरकारले नै काम नगरेको बताए।

दुई वर्ष भित्र देशका सबै स्थानीय तहमा प्राविधिक शिक्षा लागु गरिने भनिएपनि निर्धारित समयको छ महिना मात्र वाँकी रहेका वेला सुुदूरपश्चिाममा भने कार्यक्रम लागु भएको छैन्। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले पनि कार्यक्रम कार्यान्वयनको चरणमा नगएको बताए। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस