सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा गाँउपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार

२०७६ भदौ २९, ०९:३१ खबर संवाददाता

अछाममा गाँउपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार गरिएको छ। जिल्लाको  रामारोशन गाउँपालिकाका अध्यक्ष झँकर साउँदलाई लक्षित गरि गोली प्रहार भएको अछाम प्रहरीले जनाएको छ। मुजाबगरमा रहेकाे गाँउपालिकाको कार्यालयसंगै जोडिएको निवासमा रहेका साउँदलाई लक्षित गरी साझ गोलि प्रहार भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख जनक शाहीले बताए। 
अध्यक्ष साउँदलाई प्रहार गरिएको पेस्तोलको गोली कोठाको कार्पेटमा लागेको थियो। गोली प्रहार गर्ने व्यक्ती भने भागेका छन्। उनले कैलाश खोलामा हाम फालेका प्रहरीले बताएको छ। उनको खोजीका लागि प्रहरी परिचालन भएको छ। 

कमेन्ट लोड गर्नुस