सुदूर नेपाललाई विश्वसँग जोड्दै

भरतमा प्रहरीसँगको मुठभेडमा ६ जना माओवादी मारिए

२०७६ भदौ २९, ११:२२ खबर संवाददाता

भारतको छत्तिसगढमा पछिल्लो २४ घण्टामा प्रहरीसँग भएको मुठभेडमा ६ जना माओवादी मारिएका छन्। मुठभेडका क्रममा माओवादी प्रभावित दंतेबाडा, सुकमा र बीजपुरा जिल्लामा प्रहरीसँगका भिडन्तमा माओवादी कार्यकर्ता मारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भदाै २३ तारेखमा दंतबडामा विधानसभाको उपनिर्वाचनको मिति तय भएको छ।

निर्वाचनको मिति नजिकिँदै जाँदा माओवादीका गतिविधि बढेकाले सुरक्षा कारवाही तीव्र पारिएको प्रहरीले जनाएको छ। गत अप्रिल ९ मा माओवादी आक्रमणमा भारतीय जनता पार्टीका विधायक भीमा मंडावीको मृत्यु भएको थियो। सोही कारण रिक्त रहेको स्थानमा उपनिर्वाचन हुन लागेको हो। निर्वाचनमा भीमा मंडेवाकी पत्नी ओजस्वीले उम्मेद्वारी दिएकी छिन् भने विपक्षी कँग्रेसले पनि सन् २०१३ मा माओवादीबाटै मारिएका पूर्वगृहमन्त्री महेन्द्र कर्माकी पत्नी देवती कर्मलाई उम्मेद्वार बनाएको छ। 
 

कमेन्ट लोड गर्नुस