सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन मन्त्री भट्टराईद्वारा शिवपुरी धाम र मोहन्याल मन्दिरको अवलोकन

२०७६ भदौ २८, ०७:२९ खबर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले धनगढीको शिवपुरी धाम र गौरीगंगा नगरपालिकामा रहेको मोहन्याल मन्दिरको अवलोकन गरेका छन्। धनगढी उपमहानगरपालिका –४ उत्तरबेहेडिमा रहेको शिवपुरी धामको अवलोकन गर्दै मन्त्री भट्टराईले धार्मीक पर्यटन प्रवर्द्धनमा सरकार गम्भिर रहेको बताए।

सो अवसरमा धामका कार्यवहाक अध्यक्ष बलदेव भट्टले स्वागत गरेका थिए भने सचिव सिद्धराज पनेरुले धामको बारेमा प्रकास पारेका थिए। 

भट्टराईसंगै सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट, राज्य मन्त्री प्रकाश रावलको समेत उपस्थित रहेको थियो। 

यस्तै गौरीगंगा नगरपालिकाको दीर्घकालीन योजनामा रहेकोे मोहन्याल मन्दिरको पनि मन्त्री भट्टराईले अवलोकन छन्। 

 

कमेन्ट लोड गर्नुस