सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी सृजना उत्सवमा गुञ्जिए मनिराज र पत्थर

२०७६ भदौ २८, ०७:१९ रोशन भट्ट

धनगढीमा सृजना उत्सव भएको छ। सृजनशिल मञ्च सुदूरपश्चिमकले आयोजना र सुदूरपश्चिमाञ्चल एकेडेमीको सहयोगमा भएको सृजना उत्सव भएको हो। सृजना उत्सवको छैठांै श्रृंङखलामा कवि मनिराज जोशी र गलजकार श्रेष्ठ प्रिया पत्थरका रचना गुन्जिएका छन्। २०५३ सालमा पग्लिएका व्यथाहरू प्रकाशन गरेकी श्रेष्ठ प्रिया पत्थरले आँसुको सौगात, पत्थरका प्रलापहरू जस्ता गजलसंग्रह प्रकाशित गरेकी छिन्।

सुदूरपश्चिम क्षेत्रलाई नै कर्मथलो बनाई निरन्तर गजल विकासमा समर्पित ’पत्थर’का चार वटा जगल संग्रह वाहेक छ वटा उपन्यास, एक–एक कथा, कविता, भुमिका र समिक्षा पनि प्रकाशन भएका छन्। कवि मनिराज जोशी छन्दको बढी प्रयोग गर्दै व्यङ्ग्यात्मक शैलीका कविताहरु पनि सृजान गर्दै आएका छन्। भाषा, संस्कृति, समाजसेवा र साहित्यमा विशेष योगदान पु¥याउदै आएका जोशी ख्याति कमाएका ज्योतिष पनि हुन्। उनले सुदूरपश्चिमको स्थानीय रङ्ग बोकेर काब्य सिर्जना गर्दै आएका छन्।

उनका छ महाकाव्य, चार वटा खण्डकाव्य, कथासंग्रह, कवितासंग्रह, भजनसंग्रह, निबन्धसंग्रह, लघुकाव्य गरी २४ बढि कृति प्रकाशित छन्। सुरुवाती अवस्थामा साहित्यक कार्यक्रममा उपस्थीती समेत कमै हुने गरेको थियो भने पछिल्लो समयमा आएर साहित्य प्रतिको लगाव पनि बढ्दै गएको छ। पाचौं श्रृङ्खला सम्म धनगढी साहित्य साझको नामबाट कार्यक्रम संञ्चालन गरिएको भएपनि छैटौं श्रृङ्खला भने सृजना उत्सवको नामले संञ्चलन गरिएको आयोजक सुजनशिल मञ्चका संयोजक जनक रसिकले बताए। सुदूरपश्चिमका सर्जक र साहित्यलाई सशक्त र समृद्ध बनाई राष्ट्रीय मूलधारमा पहिचान स्थापित गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले बताए।

युवाहरुकै सक्रियतामा २०७३ साल कार्तिकमा धनगढीमा टिकटमा सृजनाहरु सुनाउने कार्यक्रमको सुरुवात भएको थियो। त्यस अघि गायक गायिकाहरुका लागि धनगढी, महेन्द्रनगरमा एकल साँझ राखिए पनि साहित्यकारहरुकै लागि भने खासै कार्यक्रमको आयोजना गरिएको थिएन्। टिकट काटेर साहित्यिक कार्यक्रममा सहभागी हुने प्रचलन नभएको बेला पहिलो पटक श्रष्टा जनक रसिक, त्यसपछि गजलकार डिल्लीराज ओझा, तेश्रो श्रंखलामा कवि हेमन्त विवश, चौथोमा तारा पल्लवी र रघुनाथ कडरीया तथा पाँचौमा कलावती उपाध्याय र तिलक समर्पणको एकल साँझ भएको थियो।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस