सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सुदूरपश्चिम सम्मेलन हुने

२०७६ भदौ २८, ०६:४३ खबर संवाददाता

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सुदूरपश्चिम सम्मेलन हुने भएको छ। असोज १० गते डोटीमा पहिलो प्रदेश सम्मेलन हुने भएको हो। प्रतिष्ठानको प्रदेश तदर्थ समितिले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश सम्मेलनको बारेमा जानकारी दिएको हो।

सुदूरपश्चिम सम्मेलनमा लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी सहितका कलाकारहरु डोटी आउने प्रदेश तदर्थ समितिका संयोजक पदमबहादुर धामीले बताए। प्रदेश सम्मेलनमा प्रदेशका हुड्के, भुवा, डेउडा, चौलो, छलिया, सखिया, राना थारु होली, होरी नाच तथा न्याउल्या खेल पनि प्रदर्शन गरिने छ। राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुती रहने धामीले बताए। प्रदेश सम्मेलनमा नौ जिल्लाका ६२ जना प्रतिनिधिहरुको सहभागिता हुदैछ।

कमेन्ट लोड गर्नुस