सुदूर नेपाललाई विश्वसँग जोड्दै

लुक्लामा भएको हवाई दुर्घटनाको मुख्य कारण मानवीय त्रुटि

२०७६ भदौ २७, ०२:२८ खबर संवाददाता

नयाँ वर्षकै दिन तीन जनाको मृत्यु हुने गरी लुक्लामा भएको हवाइजहाज दुर्घटना मानवीय त्रुटिका कारण भएको पाइएको छ। छानविन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा पाइलटले समयमै उचित निर्णय लिन नसक्दा जहाज दुर्घटना भएको उल्लेख छ। जहाजका दुबै इन्जिन कन्ट्रोल गर्ने ‘पावर लिभर’लाई सही तरिकाले उपयोग गर्न नसक्दा जहाज दायाँतर्फ मोडिएको र पाइलटले त्यसलाई सच्याउने निर्णय लिनु अगाडि नै जहाज दुर्घटनामा परेको छानविन आयोगको निष्कर्ष रहेको छ।

मन्त्रालयस्रोतका अनुसार जहाज, इन्जिन तथा अन्य सबै अवस्था सही थियो। कुनै पनि उपकरणमा खराबी थिएन। पावर लिभर नामक उपकरणका माध्यमबाट दुबै इन्जिनलाई कन्ट्रोल गरिन्छ। कारणवशः यसले दुबै इन्जिनमा काम नगर्दा जहाज दायाँतर्फ मोडिएको थियो। त्यसको दुईरतीन सेकेन्डमै दुर्घटना भयो। यदि फराकिलो धावनमार्ग भएको भए या भिरालो संरचना नभएको भए पनि पाइलटसँग जहाज नियन्त्रणमा लिनसक्ने समय हुने र जहाज दुर्घटना हुने सम्भावना टर्ने सम्भावना रहेको आयोगको निष्कर्ष रहेको छ।

१ वैशाख २०७६ मा भएको समिट एयरको ९एन–एएमएच, एलइटी–४१० वायुयान दुर्घटनामा दुई प्रहरी र को–पाइलटको मृत्यु भएको थियो। लुक्ला विमानस्थलबाट काठमाडौं उड्ने तयारीमा रहेको जहाज धावनमार्गमा चिप्लिएपछि ग्राउण्डमा रहेका प्रहरी असई रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठलाई किचेको थियो भने समिटकै को–पाइलट सुदीप ढुंगानाको निधन भएको थियो। धावनमार्गबाट चिप्लएको जहाजले मनाङ एयरको हेलिकोप्टरलाई किचेको थियो।

दूर्घटनापछि सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानविन आयोग गठन गरेको थियो। प्रारम्भिक प्रतिवेदनलाई अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन ९आइकाओ०को मापदण्ड तथा नेपालको प्रचलित कानून बमोजिम सम्बन्धित मुलुक तथा निकायमा पठाएर ६० दिनसम्म राय सुझाव लिने र त्यसका आधारमा अन्तिम प्रतिवेदन सार्वजनिक गर्ने मन्त्रालयले जानकारी गराएको छ। अनलाईन खबरबाट साभार 
 

कमेन्ट लोड गर्नुस