सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट २३ लाख ८ हजारका अवैध सामानसहित ४ जना पक्राउ

२०८३ भदौ ९, ०९:३७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामानसहित ४ जना पक्राउ परेका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ मझगाउबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ९ लाख १२ हजार ५९६ बराबरको आइफोन मोवाईल थान–५ सहित दोधरा चाँदनी नगरपालिका–९ बस्ने २६ वर्षीय गौतम जोशी पक्राउ परेका हुन्। जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ फेला पारी उक्त आइफोन मोवाईल सहित नियन्त्रणमा लिएको छ।

यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका–६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १३ लाख ९६ हजार २०० बराबरको चिनी ९ वोरा, वाटरमेलन सिड्स (खर्भुजाको बिउ) २७ बोरा र साइकल थान–२ सहित भारत लखिमपुर कमलापुर बस्ने ३२ वर्षीय शिवानन्द शर्मा, सोही ठाउँ बस्ने ३० वर्षीय वाहिद अली र कञ्चनपुरको बेलौरी नगरपालिका–४ बस्ने २० वर्षीय कैलाश जोशी पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरीले गएराति फेला पारी उक्त सामानसहित  तिनै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस