सुदूर नेपाललाई विश्वसँग जोड्दै

भाग्यले बाँचेका हामी

२०७६ भदौ २६, ०६:४३

सत्यराज सिंह -भदौँमा लाग्ने बझाङको प्रसिद्ध विर्सती मेला जानको लागि सदरमुकाम चैनपुरमा गाडीको पर्खाईमा थियौँ हामी। जीपको प्रतिक्षामा हाम्रो टोली सुर्मादेवि मन्दिर अगाडि  कुरेर बसेको थियो। नभन्दै एकछिनमा जीप आईपुग्यो र सुरु भयो हाम्रो दुर्गाथली तिरको यात्रा।

नेपाल पत्रकार महासघं जिल्ला शाखा बझाङका अध्यक्ष जगदिश रोकाया, कान्तिपुरकर्मी वसन्तप्रताप सिंह, राससका पत्रकार रमेश केसी , जीप धनी चक्र बोहोरा, प्रेमी जोशी र म जीपमा हुईकियौँ। अनेकन कुराकानी गर्दै यात्रा अघि बढिरहेको थियो, मेला भर्न भनी हिडिसकेका र हिड्न बाँकी साथीका विषयका साथै हासि मजाक पनि चलिरहेको थियो।

मोरीबगरको एक होटलमा अण्डा ,चाउँचाउँ सहितको नास्ता गरी हामी अर्काे चार पाङग्रे गाडी चढ्दै यात्रालाई निरन्तरता दिदै दुर्गाथलको उकालो लाग्यौँ। करिब ४५ डिग्री भन्दा ठाडो उकालो र साँघुरो सडकमा गाडी हल्लीदा डराएका साथीहरुले बलियो गरी सिट समातेका थिए।

मनमा गाडी उकालो चढ्न नसकेर खोलामा खस्छ भन्ने चिसो पसेको थियो त साँघुरो सडकका डिलबाट भीरमा खस्छ झै लाग्दै लाग्थ्यो। तर केही वेरमा हामी चौधारी प्रवेश गर्याै। हरिया गलैचा ओछ्याए जस्ता जिउला, जिउलाको सिरानीमा लहरै मिलाएर बनाएका घर।

जता हेर्याे उतै सुन्दर दृष्य देखिएपछि मनमा पसेको चिसो हट्यो। हामी रोमाञ्चित भयौ। गाडीमा बज्दै गरेको गीतले त्यो सुन्दरतालाई संगितमय बनाई रहेको थियो। मेलापातबाट गन्तव्यतीर गइरहेका दृष्य पनि मिसिएका थिए त्यहाँ। यात्राले कति बेला उकालो त कति बेला ओराली अनी चौतारोको मोड लिन पुग्थ्यो।

एकैछिन्को त्यो दृष्यपछि गाडी उकालो चढ्न थाल्यो, विस्तारै त्यो सुन्दर दृष्य ओझेलमा प¥यो। अक्करे भिर खोस्रेर डोजरले खनेको ठाडो सडक, त्यसै माथी खाल्टा खुल्टी। गाडी हल्लीदा हामी घरी अगाडी त घरी पछाडी ठोक्किन पुग्थ्यौं।

सँगै बुन्दै थियौँ मेलामा कसरी रमाउने र कहिले फर्किने भन्ने योजना पनि। सडकमा अन्य जीपहरु र मोटरसाईकलहरुको आवातजावत पनि बाक्लै थियो।  सडककै विषयमा किुराकानी हुदै थियो, शाखा सडक, बझाङमा भईरहेको डोजर आतंकको बारेमा पनि छलफल भयो। 

गुडगुडे ढुङ्गा भएको ठाउँमा बे्रकले कामै गर्दैन भनेर गाडी चालकले भन्दै थिए। कान्तिपुरकर्मीले केही हतार छैन विस्तारै चलाउनु भनेर चालकलाई बेला बेला अनुरोध गदै थिए। उकालो ओरालो बाटो हुदै हामी मेला लाग्ने ठाउँ नजिकै पुग्नै लागेका थियौ। पछाडिबाट अर्को गाडी पनि आउदै थियो।

करिब १० मिटर जति उकालो चढिसकेको गाडी एक्कासी व्याक हुन थाल्यो। गाडीको आवाज र गती हेर्दा नियन्त्रण गुमाएको प्रष्टै हुन्थ्यो। त्यतिकैमा बसन्त जिपको ढोका खोल्न खोज्दै गर्दा भुइमा पछारिए। ड्राईभरले गाडी गयो भाग्नुस भन्दै थिए। म के भयो भनेर अलमलमा परे।

पत्रकार महासघंका अध्यक्ष जगदीस रोकाया पनि बाहिर निस्के अब त्यो गाडिमा म गाडी मालिक, राससकर्मी रमेस र केही अरु बाँकी थियौ।  मैले के भयो भनेर केही सोच्नै सकेको थिएन। म अझै जिप मै बसेको थिए। एक्कासि मैले जिपको झ्यालबाट बाहिर हेरे कान्तिपुरकर्मी लगाएत पछिल्लो गाडीमा आएका यात्रुहरु जम्मै गाडीको अगाडीण् पछाडी जम्मा भएका थिए।

गाडी ब्याक भएर पछाडिको गाडीसंग ठक्कर खाएको रहेछ। मैले जिपतिर हेरे जिपको अगाडिको एक पाङग्रा र पछाडिको एक पाङग्रा सडक  भन्दाबाहिर गएको थियो। हामी त्यहाँ बाट खसेको भए कोही पनि बच्दैन थियौ जस्तो लाग्यो।

गाडी हल्लीरहेको थियो। गाडीको एउटा पाङग्रामा कस्ले ओत हालेको थियो। अर्को गवाडीका सबै यात्रुहरु आएर जिपमा डोरी लगाएर माथि तान्न कोसिस गरिराखेका थिए। गाडी चालकले डोरी लगाएर आधाले ताने र चालकले जिप सडकमा ल्याए। 

सबैले आ–आफ्नो घरमा फोन गरेर सबै कुरा बतायौँ। फेरी गाडीमो चढ्यौ, गाडी चालकलाई  विस्तारै चलाउन अनुरोध गरे । गाडी चालकले पनि भगवानले हात थापेको भन्दै गाडी आफै कसरी रोकियो भनेर छक्क परे। आखिर मर्नु नलेखेको रहेछ। भाग्यले बाँचियो। 

कमेन्ट लोड गर्नुस