सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र मेरो लक्ष्यको धनगढीमा च्यारिटी हुने

२०७६ भदौ २५, ०६:०० खबर संवाददाता

शैक्षिक विषयवस्तुमा आधारित चलचित्र “मेरो लक्ष्य” को धनगढीमा च्यारिटी हुने भएको छ। कन्फिडेन्ट युथकरियर डेभलपमेन्ट एजेन्सीको प्रस्तुती रहेको चलचित्र मेरो लक्ष्यको असोजको पहिलो साता धनगढीमा च्यारिटी शो हुन लागेको हो। धनगढीपछि सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा पनि च्यारिटी शो हुने निर्माण पक्षले जनाएको छ। 

चलचित्र मेरो लक्ष्यका कलाकार समेत रहेका रुपक रोकायासहित सरोज सिंह ठकुरी, सुर्य सिंह ठकुरी, दिनेश खड्का, सुरेश सिंह र सरोज सिंह लगायतको टोली यस क्षेत्रमा चलचित्रको च्यारिटी शोको तयारी गरिरहेको छ। जनचेतना जागरण गर्ने उद्देश्यले शिक्षित युवाहरुको समुहले निर्माण गरेको चलचित्र “मेरो लक्ष्य” का निर्माता विनय लामा रहेका छन्। चलचित्रको कथा तथा निर्देशन गणेश श्रेष्ठले गरेका हुन्।

कमेन्ट लोड गर्नुस