कैलालीबाट लागूऔषधसहित एक युवक पक्राउ
२०८३ साउन २५, ०९:३७
धनगढीः कैलालीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
कैलालीको भजनी नगरपालिका–३ सरदार चोकबाट २ ग्राम ९२० मिलिग्राम अवैध लागूऔषधसहित जानकी गाउँपालिका–४ कञ्चनपुर बस्ने २२ वर्षीय अमित डगौरा पक्राउ परेका हुन्। डगौरालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतवार पक्राउ गरेको हो।
कमेन्ट लोड गर्नुस