सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइकलको ठक्करबाट युवती र चालक घाइते

२०८३ साउन २३, ०१:४३ खबर संवाददाता

धनगढीः धनगढीमा मोटरसाइकलको ठक्करबाट एक युवती घाइते भएकी छन्। मोहनापुल–अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी-४ को बोराडाँडीमा शनिबार बिहान सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा युवती घाइते भएकी हुन्।

प्रहरीका अनुसार सुपप्र ०१–०१२ प ५५२६ नम्बरको मोटरसाइकलले सडक पार गरिरहेकी धनगढी उपमहानगरपालिका–६ की २७ वर्षीया उर्मिला जैशीलाई ठक्कर दिएको थियो। दुर्घटनामा जैशीको टाउको र खुट्टामा चोट लागेको छ।

ठक्कर दिने मोटरसाइकलका चालक गोदावरी नगरपालिका–५, आदर्श टोलका ४२ वर्षीय हरिसिंह साउँद पनि घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुवै घाइतेको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस