सुदूर नेपाललाई विश्वसँग जोड्दै

डेंगुको संक्रमण फैलिन नदिन रोटरी क्लव धनगढीद्वारा जनचेतना कार्यक्रम

२०७६ भदौ २४, ०६:५३ खबर संवाददाता

सुदूरपश्चिममा पनि डेंगु संक्रमितको संख्या बढ्दै गएपछि जनचेतनामुलक कार्यक्रम गरिन थालिएको छ। डेंगुको संक्रमण फैलिदै गएपछि रोटरी क्लव अफ धनगढीले नियन्त्रणमा टेवा पुगाउने उद्देश्यका साथ जनचेतनामुलक कार्यक्रमको आयोजना गरिरहेको हो।

डेंगुको थप संक्रमण फैलिन नदिन विद्यालय स्तरबाट जनचेतनामुलक कार्यक्रमको सुरुवात गरिएको रोटरी क्लव अफ धनगढीका अध्यक्ष हरिशंकर ठाकुरले बताए। रोटरीको अगुवाईमा १० वटा नीजि र पाँच वटा सरकारी सामुदायीक विद्यालयमा चिकित्सक सहतिको टोलीले जनचेतनामुलक कार्यक्रमको आयोजना गर्दै डेंगुको संक्रमण फैलिन नदिन विद्यार्थीकहरुलाई सचेत गराउन थालिएको हो।

सुदूरपश्चिममा हाल सम्म डेङ्गुकै कारण डोटीमा एक महिलाको मृत्यु समेत भईसकेको छ भने २७ जनामा संक्रमण देखिएको छ। धनगढीबाट सुरु गरिएको जनचेतनामुलक कार्यक्रम अन्य क्षेत्रमा समेत गरिने अध्यक्ष ठाकुरले बताए। डेंगु रोगका बिरामीहरुमा कडा ज्वरो आउने, ढाड दुख्ने, आँखा रातो हुने जस्ता लक्षण देखिने गरेको चिकित्कसहरुले बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस