सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिकित्सा शिक्षामा ७५ प्रतिशत छात्रवृत्ति माग गर्दै प्रदर्शन

। फोटो स्रोत ।
२०७६ भदौ २४, ०२:०९ खबर संवाददाता

चिकित्सा शिक्षामा ७५ प्रतिशत छात्रवृत्तिको माग गर्दै प्रदर्शन गरिएको छ। काठमाडौंको माइतीघरदेखि नयाँ वानेश्वरसम्म चिकित्सा शिक्षा संघर्ष समितिको नामबाट भएको प्रदर्शनका सहभागीले ७५ प्रतिशत छात्रवृत्तिसम्बन्धी शिक्षा मन्त्रालयले दिएको निर्देशन पालना गर्न मेडिकल कलेजसँग माग गरेका छन्।

यस्तै निजी मेडिकल कलेजहरुले लिएका अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, स्वास्थ्यकर्मीको उचित तलब र सुविधा कायम हुनुपर्ने, नर्सिङ भोलिन्टियरिङ बन्द गर्नुपर्ने लगायतका माग राखेका छन्। माइतीघरबाट सुरु भएको विरोध प्रदर्शन नयाँ वानेश्वरमा आएर टुंगिएको छ।
 

कमेन्ट लोड गर्नुस