सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी समाज कैलालीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२०७६ भदौ २१, ०७:२५ खबर संवाददाता

बैतडी समाज कैलालीको दोश्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सामाजिक एकता आजको आवश्यकता भन्ने नाराका साथ एक औपचारिक कार्यक्रमकाबिच साधारण सभा सम्पन्न भएको हो। समाजका अध्यक्ष माया प्रकाश भट्टको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि प्रदेशकी उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट रहेकी थिईन्।

कार्यक्रममा बोल्दै मन्त्री भट्टले संस्कृती जर्गेना गर्न सामाजिक एकता पनि आवश्यक भएको बताईन्।  उनले मातृ भाषा र संस्कृतीको संरक्षण गर्न सकेमा मौलिकता जोगिने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने धारणा व्यक्त गरिन्। बैतडी समाजले बेला बेला विभिन्न सामाजिक कार्य सञ्चालन गर्दै आएकोमा मन्त्री भट्टले खुसि समेत व्यक्त गरिन्।

साधारणसभाका अवसरमा बैतडी समाजले सामाजिक कार्यका क्रममा विभिन्न माध्यबाट सहयोग गर्ने संघसंस्था र व्यक्तिहरुलाई सम्मान समेत व्यक्त गरेको छ भने बैतडी दर्पण नामक पुस्तकको समेत विमोचन गरिएको छ। पुस्तकको पर्यटन मन्त्री माया भट्ट, समाजका अध्यक्ष मायाप्रकाश भट्ट र धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशिला मिश्र भट्टले संयुक्त रुपमा विमोचन गरेका हुन्। 

कमेन्ट लोड गर्नुस