नेपाल परिवार नियोजन संघ कैलालीको अध्यक्षमा जनकराज जोशी निर्वाचित
धनगढीः नेपाल परिवार नियोजन संघ कैलाली शाखाको ३३औँ अधिवेशनबाट जनकराज जोशी अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिको कार्यकाल तीन वर्षको रहनेछ।
शाखाको कोषाध्यक्षमा चिरञ्जीवी पाठक निर्वाचित भएका छन् भने महिला सदस्यमा भगवती बडाल र भुवनेश्वरी मल्ल विजयी भएका छन्।
त्यस्तै, विशेषज्ञ सदस्यतर्फ अपाङ्गता क्षेत्रबाट कुश्मा जोशी, कानुनतर्फ सुभाषचन्द्र उपाध्याय, अर्थतर्फ रञ्जना जोशी तथा प्रजनन स्वास्थ्यतर्फ कालीप्रसाद पडाल निर्वाचित भएका छन्।
किशोर–युवा सदस्यमा मोनिका वड र श्रुति आचार्य निर्वाचित भएका छन् भने युवा सदस्यमा रोशनी चौधरी चयन भएकी छन्।
नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्षसम्म परिवार नियोजन, प्रजनन स्वास्थ्य, यौन तथा प्रजनन अधिकार, किशोर–किशोरीमैत्री सेवा तथा समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धिसम्बन्धी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।