सुदूर नेपाललाई विश्वसँग जोड्दै

निजामती कर्मचारीले सहसचिव र उपसचिव पदको खुला परिक्षामा सहभागी हुन नपाउने

२०७६ भदौ २०, ०४:५२ खबर संवाददाता

निजामती सेवामा कार्यरत कर्मचारीले उपसचिव र सहसचिव पदको खुला परीक्षामा सहभागी हुन नपाउने भएका छन्। शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले संघीय निजामती सेवासम्बन्धी विधेयकमा निजामती कर्मचारीलाई राजपत्राकिंत द्धितीय र प्रथम श्रेणीको परीक्षामा खुला प्रतिस्पर्धा गर्ने बाटो बन्द गर्ने सहमति गरेको हो।

अब निजामती कर्मचारीले उपसचिव र सहसचिवको परीक्षामा सहभागी हुन राजीनामा दिएर खुला प्रतिस्पर्धा गर्नुपर्नेछ। राजीनामा दिएर खुला प्रतियोगितामा प्रतिस्पर्धा गर्ने निजामती कर्मचारीले परीक्षा उतीर्ण गरेमा त्यसअघिको सेवा अवधि पनि गणना हुने छैन। हालसम्म निजामती कर्मचारीले सेवामा बहाल रहेरै उपसचिव र सहसचिव खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने व्यवस्था छ।

राज्य व्यवस्था समितिले राजपत्रांकित प्रथम र द्धितीय श्रेणीको पदको खुला प्रतियोगिताबाट गरिने पदमा सम्बन्धित विषयमा स्नातकोत्तर गरेको र संघीय निजामती सेवा, प्रदेश निजामती सेवा, स्थानीय सेवा र अन्य कुनै सरकारी सेवा वा प्रचलित कानुन बमोजिम दर्ता भएको सांगठनिक संस्था वा अन्तराष्ट्रिय संस्थाको एक श्रेणी वा तह मुनिको अधिकृतस्तरको कर्मचारीले प्रतिस्पर्धा गर्न पाउने गरी सहमति जुटाएको हो।
 

कमेन्ट लोड गर्नुस