कञ्चनपुरमा नगदसहित ६ जना जुवाडे पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–३ ब्रह्मदेव चोकस्थित जिरो प्वाइन्ट नजिक शुक्लाफाँटा नगरपालिका–५ का २९ वर्षीय सुरेन्द्र प्रसाद जोशीले सञ्चालन गरेको चिया–नास्ता पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ उनीसहित ६ जनालाई पक्राउ गरेको हो। प्रहरीले जुवातास खेलिरहेको स्थानबाट नगद २२ हजार ५९० रुपैयाँ र एक गड्डी तास बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।