बहु–बिवाह मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ
२०८३ असार २१, ०७:२५
कञ्चनपुरः बहु–बिवाह मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०८२ असार २० गतेको फैसलाले बहु–बिवाह मुद्दामा १ वर्ष ३ महिना कैद सजाय र १५ हजार जरिवाना तोकिएको शुक्लाफाटा नगरपालिका–१ बस्ने २५ वर्षीय नरेश राम बिक पक्राउ परेका हुन्। बिकलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले शनिबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस