सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हतियार सहित पक्राउ प्रकरण: ५ सय करोड रुपैँयाका नक्कली चेक बरामद

२०७६ भदौ १९, ०१:४० खबर संवाददाता

धनगढीमा चार थान पेस्तोल र सुनका गहना सहित पक्राउ परेका तीन जनाबाट पाँच सय करोड रुपैँया भन्दा बढिका नक्कली चेक पनि बरामद गरिएको छ। पाँच सय करोड रुपैँया भन्दा बढिका राष्ट्र बैंकका नक्कली चेक, छाप र नक्कली पत्र तथा कागजाहरु उनीहरुको साथबाट प्रहरीले बरामद गरेको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोली र जिल्ला प्रहरी कार्यालय कैलालीले बुधवार साँझ धनगढी उप–महानगरपालिका वडा नम्वर ३ चटकपुरबाट चार थान पेस्तोल,  सुनका गहना र पाँच सय करोड रुपैँया भन्दा बढिका नक्कली चेक बरामद गरेको हो। 

धनगढी उप–महानगरपालिका–६ मटियारीका सञ्जय राणा भनिने सञ्जय राना सोही ठाउँका कमल बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारी लाई पक्राउ गरिएको थियो। उनीसंग ठूलो संख्या तमसुकहरु समेत बरामद भएका छन्। प्रहरीले राणा, विक र अधिकारीसंग जोडिएका सबै विषय र व्यक्तिहरुको बारेमा समेत अनुसन्धान थालेको छ।राणाका धनगढी उपमहानगरपालिका–६ मटियारीमा रहेको आलिशान घरको खानतलासी समेत गरेको गरेको प्रहरी श्रोतले जनाएको छ। राणा जग्गा दलालीसंगै हातहतियार कारोवारी पनि रहेको खुलेको छ। 

यो पनि पढ्नुहोस
१. धनगढीमा हतियार सहित पक्राउ प्रकरण: को हुन सञ्जय राना ?

२.धनगढीमा चार थान पेस्तोल र सुनका गहना सहित तीन जना पक्राउ

कमेन्ट लोड गर्नुस