सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा चार थान पेस्तोल र सुनका गहना सहित तीन जना पक्राउ

२०७६ भदौ १९, ०६:४५ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा चार थान पेस्तोल सहित तीन जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सहित जिल्ला प्रहरी कार्यालयको टोलीले बुधवार साँझ धनगढी उप–महानगरपालिका वडा नम्वर ३ चटकपुरमा एक घरबाट चार थान पेस्तोल, सुनका गहना सहित तीन जनालाई पक्राउ गरेको हो।

धनगढी वडा नम्वर ६ का सन्जय राणा सहित अन्य दुई जना पक्राउ गरेको प्रहरीले अहिले नै विस्तृत जानकारी दिन मानेको छैन्। उनीहरुबाट राष्ट्र बैंकका नक्कली कागजात, किर्ते तमसुक, सुनका गहना पनि बरामद भएको प्रहरी श्रोतले जानकारी दिएको छ। 

बरामद गरिएको सुनको परिणाम भने प्रहरीले खुलाएको छैन्। अर्काको घरमा कोठा भाडामा लिएर बसिरहेका तीनै जनाका बारेमा जानकारी पाएपछि उनीहरुलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान व्युरोको टोली धनगढी आईपुगेको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख नायव उपरीक्षक दक्षकुमार बस्नेतले पेस्तोल सहित तीन जना पक्राउ गरेको स्वीकार गरे। यद्दपि घट्नाको बिस्तृत जानकारी भने पत्रकार सम्मेलन मार्फत बाहिर ल्याउने उनले बताए। 

कमेन्ट लोड गर्नुस