२५ घटकसँग एकतापछि नेकपा केन्द्रीय समितिको पहिलो बैठक बस्दै
काठमाडौँः २५ वटा विभिन्न घटकसँग पार्टी एकता गरेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पहिलोपटक आफ्नो केन्द्रीय समितिको बैठक बोलाएको छ।
पार्टी स्रोतका अनुसार यो ऐतिहासिक एकता पछिको पहिलो बैठक आगामी सोमबार अपराह्न ४ः३० बजे बस्ने तय भएको छ। यो बैठक भर्चुअल माध्यमबाट सञ्चालन हुने जानकारी नेता रामकुमार भट्टराईले दिए। २५ वटा राजनीतिक समूह र घटकहरू एकापसमा गाभिएर नयाँ स्वरूप पाएपछि बस्न लागेको यो पहिलो बैठक भएकाले यसलाई चासोका साथ हेरिएको छ। मंगलबार बस्ने उक्त केन्द्रीय समितिको बैठकका लागि मुख्य एजेन्डा पनि तय भइसकेको छ। बैठकमा पार्टीको नियमावली र कार्यविधि अनुमोदन गर्ने मुख्य कार्यसूची रहेको भट्टराईले जानकारी दिएका छन्।