सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिवाह सम्बन्धि कसुर मुद्दामा फरार कञ्चनपुरकी एक महिला पक्राउ

२०८३ असार ११, ०६:१७ खबर संवाददाता

कञ्चनपुरः बिवाह सम्बन्धि कसुर मुद्दामा फरार कञ्चनपुरकी एक महिला पक्राउ परेकी छिन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८२/३/२० गतेको फैसलाले बिवाह सम्बन्धि कसुर मुद्दामा १ वर्ष ३ महिना कैद र १५ हजार जरिवाना तोकिएपछि फरार रहेकी शुक्लाफाँटा नगरपािलका-१ बन्साहा बस्ने ललिता लवाड पक्राउ परेकी हुन्। लावडलाइ उनकै घर ठेगानाबाट पक्राउ गरीएको इलाका पप्रहरी कार्यालय झलारीले जनाएको छ। उनलाई  फैसला कायान्वयनका लागी जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराईएको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस